स्मार्टफोन हरायो ? तत्काल यी ५ काम गर्नुहोस्

0

स्मार्टफोन हरायो ? तत्काल यी ५ काम गर्नुहोस्

काठमाडौं । स्मार्टफोन हाम्रो दैनिक जीवनको महत्वपूणर् हिस्सा बनिसकेको छ । हामी सबै काम फोनबाटै गर्ने गर्छौ चाहे त्यो बैंक मार्फत भुक्तानी वा रकम प्राप्त गर्न, तसर्थ स्मार्टफोन सबैका लागि उपयोगी छ ।

मोबाइल र अनलाइन सेवाका कारण धेरै काम एक चुटकीमा हुने गरेको छ । त्यसैले हामी हाम्रो फोनमै निर्भर बन्दै गइरहेका छौं र फोनमा हाम्रो सबै डाटा स्टोर भइरहेका हुन्छन् । जस्तै बैंकमा पासवर्ड, पिन कोड लगायत विभिन्न डकुमेन्टहरु स्मार्ट फोनमै रहेका हुन्छन् ।

यस्तो अवस्थामा फोन चोरी भएमा वा हराएमा हामीले यसलाई अफ गर्नु स्वभाविक हो । हामी मध्ये धेरैले हाम्रो फोन चोरी भएको वा हराएको अनुभव गरेका छौं । तपाईं फोन हराएपछि के गर्नुहुन्छ ?

धेरै मानिसहरूले गर्ने पहिलो कुरा भनेको सम्भावित ठाउँहरू खोज्नु र प्रहरीमा उजुरी गर्नु हो । तर यी चीजहरू बाहेक, अरु कुराहरू छन् जुन तपाईंले आफ्नो फोन हराएमा वा चोरी भएमा तुरुन्तै गर्नुपर्छ ः

फोनको डाटा मेटाउनुहोस्

जब तपाईको फोन हराउछ, यसले सीधै तपाईको खल्तीलाई असर गर्छ, अर्थात् लागत बढ्छ । तर फोनमा भण्डारण गरिएको तपाईको व्यक्तिगत डेटा फोनको मूल्य भन्दा बढी मूल्यवान हुन सक्छ । त्यसैले तपाईले ती विवरणहरू, कागजातहरू र सामग्रीहरू गलत हातमा पर्नु अघि मेटाउन सक्नुहुन्छ । आईफोन प्रयोगकर्ताहरूले ष्ऋयिगम।अयm मा जान सक्छन् र आफ्नो हराएको आईफोनमा डाटा पुनः प्राप्त गर्न खोज उपकरण सुविधा प्रयोग गर्न सक्छन्, जबकि एन्ड्रोइड प्रयोगकर्ताहरूले आफ्नो फोन आफ्नो न्ययनभि खातामा बाँधिएको छ ।

आफ्नो फोन ट्रयाक गर्नुहोस्

चोरी वा हराएको फोन पनि ट्र्याक गर्न सकिन्छ । ष्एजयलभ मा ँष्लम ःथ ष्एजयलभ सुविधा छ । यो सुविधा एन्ड्रोइडमा पनि उपलब्ध छ । तर यसका लागि तपाईको स्मार्टफोन लोकेशन खुला हुनुपर्छ ।

आफ्नो बैंक खाता सुरक्षित गर्नुहोस्

धेरै व्यक्तिको फोनमा मोबाइल एपबाट बैंक खाता लग आउट नगरी आफ्नो खाता खोल्ने बानी हुन्छ । तसर्थ, यदि तपाईंले आफ्नो फोन हराउनुभयो भने, गलत व्यक्तिलाई तपाईंको अनलाइन बैंकिङ खातामा पहुँच गर्नबाट रोक्नको लागि तपाईंले आफ्ना सबै अनलाइन बैंकिङ पासवर्डहरू परिवर्तन गर्नुपर्छ । एटीएम पिन पनि परिवर्तन गर्नुहोस् ।

सामाजिक सञ्जाल प्लेटफर्महरूको पासवर्ड पनि परिवर्तन गर्नुहोस् ।

फेसबुक, ट्विटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरू स्मार्टफोनमा खुला छन् । तसर्थ, यदि तपाईंको फोन अर्को व्यक्तिको हातमा पुग्यो भने सोशल मिडिया प्लेटफर्महरूको दुरुपयोगको खतरा हुन्छ ।

तपाईं घरबाट खाता लगइन गरेर सबै उपकरणहरूबाट एकै पटक लग आउट गर्न सक्नुहुन्छ । त्यसोभए सबैभन्दा पहिले सबै उपकरणहरूबाट आफ्नो सोशल मिडिया खाता लगआउट गर्नुहोस् । त्यसपछि आफ्नो सबै सामाजिक मिडिया र इमेल पासवर्ड परिवर्तन गर्नुहोस् ।

ब्लक सिम कार्ड

फोन चोरी वा हराएपछि प्रहरीमा उजुरी दर्ता गर्नुका साथै सम्बन्धित टेलिकम अपरेटरमा तुरुन्तै उजुरी दिनुहोस् र आफ्नो सिम कार्ड ब्लक गराउनुहोस् ।  - एजेन्सी

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top