भक्तपुर । मध्यपुर थिमिमा एक महिने निशुल्क मुकुण्डो बनाउने तथा पेन्टिङ तालिम शुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरको सहयोगमा भक्तपुर घरेलु तथा साना उद्योग सघ र मध्यपुर माक्स मेकिङको सहकार्यमा उक्त तालिम सन्चालन हुन लागेको हो । तालिम माघ १६ गतेबाट एक महिना संचालन हुनेछ ।
घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख उमेश कुमार दाहालले कार्यक्रमको उद्घाटन गर्दै कोही पनि नेपालीहरु सिप बिहिन हुनु नपरोस भन्दै कार्यालयले बिभिन्न तालिमहरु दिदै आईरहेको बताए । साथै तालिममा सहभागीहरुलाई तालिम प्रमाणपत्र लिनमा मात्र नभई दक्षता हासिल गर्नमा सक्षम रहोस भन्न शुभकामनासमेत ब्यक्त गरे ।
भक्तपुर घरेलु तथा साना उद्योग सघका अध्यक्ष प्रेम खर्बुजाले सहभागीहरुले तालिम प्राप्त गरि उद्यमी बन्न र उद्योग तथा ब्यबसाय दर्तामा संघले सहजीकरण गर्ने बताए । संघका सचिब श्याम सुन्दर श्रेष्ठले तालिमको औचित्यमाथि प्रकाश पारेका थिए ।
उक्त तालिममा काठमांडौ, ललितपुर र भक्तपुरका गरि ्करिब १५ जना युवाहरु सहभागी छन । उपत्यकाका थुप्रै सांस्कृतिक महत्वका नाच एब सम्पदाहरुको लागि आवश्यक मुकुन्डो निर्माणमा अनुभबी युवा व्यवसायी सोम तामाङले प्रशिक्षण दिने आयोजक समितिले जानकारी दिएको छ । तामाङ मध्यपुर थिमिका एकमात्र मास्क म्यानका रुपमासमेत चिर परिचित छन् ।
नेवाः समुदायका विविध सांस्कृतिक महत्वका नाच एवं सम्पदाहरुसंग प्रत्यक्ष रुपमा जोडिएको मुकुन्डो हाल बिस्तारै लोप हुदै जाने क्रममा छ । यही लोपोन्मुख मुकुन्डो कलालाई जोगाई राख्ने र युवाहरुलाई रोजगारको अबसर सिर्जना गर्ने प्रमुख उद्देश्यका साथ तालिम संचालन हुन लागेको प्रशिक्षक तामाङ्ले जानकारी दिए ।





%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
