भक्तपुर । नगरपालिकाले गत माघ १५ गतेदेखि सञ्चालन गरिरहेको व्यवसाय दर्ता अभियानका बारेमा विभिन्न टिका टिप्पणी उठ्न थालेपछि उपप्रमुख श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत अभियानलाई करको दर घटाउने र दायरा फराकिलो बनाउने अभियानको रुपमा रहेको स्पष्ट पारेको छ ।
उनले अभियानका क्रममा किन कर तिर्ने ?, हामीलाई के फाईदा दिएको छ ? लगायतका प्रश्न उठ्ने गरेको भन्दै करको दरमा केही छुट दिने विषयमा नगरपालिका अध्ययनको चरणमा रहेको र गत माघमा सम्पन्न सातौ नगरसभामा पेश गरिएको अर्धबार्षिक समिक्षामा समेत प्रस्तुत गरेको स्पष्ट पारेको छ ।
‘यो वर्ष देशको आर्थिक अवस्था स्वस्थ नभएको अर्थ मन्त्रालयबाट जारी प्रेस बिज्ञप्ति तथा परिपत्रबाटै स्पस्ट भएको छ । राजस्व बाँडफाड तथा अनुदानमा कटौतीहुने सुचना जारी भैसकेको छ । अतः हामी आन्तरिक आयमा अब्बल हुन सकेनौं भने हामीले नगरसभाबाट लिएका जनउत्तरदायी निर्णयहरु कार्यान्वयनमा समस्या हुन सक्छ,’ उनले उल्लेख गरेका छन् ।
उनले स्थानिय सरकार, प्रदेश सरकार, केन्द्र सरकारबाट विनियोजित बजेटको योजना कार्यान्वयनको निगरानी गर्न आवश्यक भएको उल्लेख गर्दै करको दुरुपयोग गर्न नसकोस् भनी आमनगरवासी सचेत हुनुपर्ने खाँचो समेत औंल्याए ।
‘मध्यपुर थिमि नगरपालिकामा तपाईंहरुबाट संकलित कर कुनैपनी हालतमा दुरुपयोग हुने छैन भन्ने सुनिस्चित गर्न चाहन्छु । करोडौं पर्ने गाडी खरिद गरि चढ्ने, अमितब्ययी हुने जस्ता काम हामी जनप्रतिनिधिबाट हुने छैन,’ प्रतिवद्धता जनाएको छन् ।
स्थानिय सरकारलाई केन्द्र सरकार, प्रदेश सरकारबाट अनुदान, राजस्व बाँडफाडबाट बजेट प्राप्त हुने गरेपनि भूगोलका हिसावले सानै नगरपालिका भएपनि हाम्रो माग आवश्यकता धेरै भएको र साँस्कृतिक नगरी भएकोले सम्पदाहरुको पुनः निर्माण ब्यवस्थापनमा कम खर्चले पुग्ने अवस्था नभएको उल्लेख गर्दै उपप्रमुख श्रेष्ठले शिक्षा क्षेत्रमा बिगतदेखी लगानी न्यून रहेकोले त्यसलाई वृद्धि गरि शिक्षामा सम्पुर्ण जनताको पहुँच सुनिश्चित गर्ने चुनौती रहेको उल्लेख गरे ।
नगरपालिकाले जनताबाट उठाउने कर स्थानिय सरकारको दायित्व, अधिकार पनि भएको बताउँदैं उनले कर सकलन गर्न सकिएन, आन्तरिक आयमा बृद्धि गर्न सकिएन भने नगरपालिकाको योजना साकार हुन नसक्ने जानकारी दिएका छन् ।
‘जनताको सुबिधाका लागि अहिले लागु गरिएका जेष्ठ नागरिक तथा परिवारको स्वास्थ्य विमा कार्यक्रम सफल बनाउन कठिन हुन्छ । निःशुल्क रगत सुबिधा जस्ता कार्यक्रम सफल बनाउन चुनौती हुन सक्छ ।’ प्राविधिक शिक्षालय सञ्चालन, प्यारा मेडिलक्स कलेज सञ्चालन, सामुदायिक बिद्यालयहरुमा बाल सेवा केन्द्र सञ्चालन जस्ता नगरपालिकाले लिएको दिर्घकालिन योजनाका कार्यक्रमहरु संचालन गरि जनतालाई सहज सुपथ मुल्यमा शिक्षा प्रदान गर्ने योजना पूरा गर्न पनि कर संकलनलाई अभियानको रुपमा सञ्चालन गर्नु आवश्यक भएको बताउँदैं मध्यपुर थिमिलाई शिक्षा, स्वास्थ्य, रोजगारीमा आत्मनिर्भर बनाउने योजना सफल बनाउन पनि कर सकलन आवश्यक भएको उल्ल्ेख गरे ।
‘जनताबाट उठाएको कर जनतालाई विभिन्न बहानामा फिर्ता गर्नु नै सरकारको दायित्व हो । शिक्षा, स्वास्थ्य, रोजगारी सुरक्षा लगायतका सुविधा पुर्याउनु सरकारको दायित्व हो । त्यो पुरा गर्न हामी कार्यरत छौं । ती सम्पुर्ण आधारभुत आवश्यकताहरु पुर्याउन पुँजीको आवश्यकता पर्दछ । त्यसको लागि आफ्नो आम्दानीको केही प्रतिशत कर सरकारलाई तिर्न जरुरी छ । करलाई सबैले भुत्तानी गर्न सक्ने कसरी बनाउने भन्नेमा हामीहरु लागिरहेका छौँ । समय सापेक्ष नीति नियम परिवर्तन गरी जनपक्षिय बनाउने नीति अनुरुप यो पटक नगरसभाबाट आ.ब ०७४/७५ लाई आधार बर्ष मानेर कर तिरे नयाँ ब्यबसाय दर्तामा कर तथा जरिवाना छुटको ब्यबस्था ल्याएका छौ,’ उनले उल्लेख गरेको छ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
