विनायकमा परम्परागत भेषभूषा तथा प्रतिभा प्रदर्शन

0

विनायकमा परम्परागत भेषभूषा तथा प्रतिभा प्रदर्शन

भक्तपुर । हाम्रो परम्परा हाम्रो सभ्यता, हाम्रो भेष भूषा र संस्कृति हाम्रा सम्पत्ति भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै आएको विनायक शिक्षा निकेतन इ स्कुलले माघ २८ गते परम्परागत भेषभूषा तथा प्रतिभा प्रदर्शन कार्यक्रमको आयोजना गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम लाछीको सभापतित्व तथा वागमती प्रदेश सभासद धनेश्वरी प्रजापतिको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा विनायकमा पूर्व प्रावि तहमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो मौलिक संस्कृति र परम्परा अनुसारका परम्परागत भेषभूषा तथा सोही पोशाकमा आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।

पूर्व प्राथमिक तहका शिक्षिकाहरुको संयोजनमा आयोजित उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापति ,विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौला, मध्यपुर थिमि न पा वडा नं ६ का वडाध्यक्ष ज्ञानदास प्रजापति ,अभिभावक भूषण श्रेष्ठले मन्तव्य राखेको थियो भने पूर्व प्राथमिक तहकी संयोजक शोभा प्रजापतिले स्वागत मन्तव्य राखेको थियो । 

विद्यालयकी शिक्षिका यमुना प्रजापतिले संचालन गरेको र निर्णायक दीपक श्रेष्ठ र अनु खड्काले निर्णायकको भूमिका निर्वाह गरेको उक्त कार्यक्रममा बोल्दै प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले यी कलिला मन र मस्तिष्कमा आफ्नो मौलिक भेषभूषा र परम्परा बारे जानकारी दिलाउने उद्देश्यले विद्यालयले स्थापनाकालदेखि नै जोड दिँदै आएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सभाकी सभासद् धनेश्वरी प्रजापतिले बालबालिकाको सर्वाङ्गीण विकासमा विनायकले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै बालबालिकाको उज्ज्वल भविष्यका लागि हरेक क्षेत्रबाट हरेक व्यक्तिको लाग्न सके उनीहरु आत्मनिर्भर बन्न सक्ने कुरा बताए । कार्यक्रममा प्रमुख अतिथि सभासद प्रजापतिलाई सम्मान गरिएको थियो भने सहभागी हरेक कक्षाका उत्कृष्ट विद्यार्थीहरु जसले उत्कृष्ट भेषभुषा तथा आफ्नो प्रतिभालाई उत्कृष्ट तबरले प्रस्तुत गरेका थिए, ती विद्यार्थीहरुलाई मेडल प्रमाणपत्र तथा पुरस्कार वितरण समेत गरिएको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top