काठमाडौं
। आगामी चैत ३ गते रिलिज हुने फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’ले मङ्गलबार
परेको भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसर पारेर फस्टलुक सार्वजनिक
भएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै
निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ ।
फस्टलुकमा फिल्मका
प्रमुख कलाकार तेज गिरी र अशु न्यौपानलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको
छ । फिल्ममा तेज र अशुका अलावा प्रकाश घिमिरे, प्रमिला खनाल, तलिशा गुरुङ,
निश्चल विमल, एलिशा विक र सन्तोषकुमार आत्रेयको पनि अभिनय छ ।
फिल्ममा
प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर,
सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा,
विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ
खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ ।
त्यस्तै
फिल्ममा श्याम लामाको श्रृंगार, भीम श्रेष्ठको भेषभुषा, शेरमान जिसीको
निर्माण नियन्त्रण, गोरे याङदेनको सहायक छायांकन, भुपेन्द्र ढकालको कला,
मिडिया पोर्टको पब्लिसिटी मेनेजमेन्ट, भुपेन्द्र ढकाल, सागर गोदार क्षेत्री
र सुयोग आत्रेयको सहायक निर्देशन, भगवान पौडेल (मिठो कम्पन)को मुख्य सहायक
निर्देशन, सन्जीव शाहको पाश्र्व ध्वनि, उत्तम न्यौपाने ९ऋब्क्० को ध्वनी
मिश्रण छ ।
पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री
निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी
निर्माता तथा रेश्मा प्रधान सहनिर्माता छन् ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
