काठमाडौं । स्मार्टफोन, विलासिता भन्दा देनिक जनजीवनको लागि अति आवश्यकी वस्तुको रुपमा प्रयोग हुने गरिएको छ । प्रविधिको यो द्रुत गतिले संसारमा स्मार्टफोन सबैभन्दा धेरै प्रयोग हुने यन्त्रहरू मध्ये एक हो । सानो होस् या ठुलो, धनी होस् या गरिब, सबैको हातमा स्मार्टफोन अवश्य देख्नुहुनेछ । टेक्नोलोजी पनि हरेक क्षणप्रतिक्षण द्रुत गतिमा परिवर्तन हुँदै गइरहेको छ जसको कारण फोन निर्माता कम्पनीहरूले स्मार्टफोनहरू समायानूकुल अपडेट गर्छन् र नयाँ मोडलहरू लन्च गर्छन् । सबै जनामा नयाँ फोन होस् भन्ने चाहना हुन्छ र यसको कारणले पनि छिटो छिटो टेक्नोलोजीमा परिवर्तन हुन्छ, त्यतिनै छिटो मानिसले स्मार्टफोन बदल्छन् । यस्तो अवस्थामा मानिसहरु पुरानो स्मार्टफोन घरको कुनै कुनामा राख्छन् वा बिग्रिएर त्यसलाई डिस्पोज गर्छन् । तर के तपाईलाई थाहा छ तपाईको स्मार्टफोन कुन चीजबाट बनेको छ, यसमा सुन र चाँदी पनि हुन्छ ।
यो बिल्कुल सत्य हो कि स्मार्टफोनमा सुन र चाँदीको प्रयोग गरिन्छ । किनकी सुन र चाँदी बिजुलीको एक उत्तम कन्डक्टर हो, त्यसैले यसलाई प्रयोग गरिन्छ । अधिकांश सुन मदरबोर्डमा प्रयोग गरिन्छ । विशेष कुरा त यो शतप्रतिशत अर्थात २४ क्यारेटको शुद्ध सुन हो ।
स्मार्टफोनमा निकै कम मात्रामा सुन हुन्छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्मार्टफोनमा ०.०३ ग्राम सुन प्रयोग गरिन्छ । – एजेन्सीको सहयोगमा




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
