त्रिविको नयाँ आईटी कोर्ष ‘एमआईटी’, क–कसले आवेदन दिन पाउँछन् ?

0

त्रिविको नयाँ आईटी कोर्ष ‘एमआईटी’, क–कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टियू)ले यसै शैक्षिक सत्रबाट स्नातकोत्तर तहमा ’मास्टर्स इन इन्फर्मेसन टेक्नोलोजी’ (एमआईटी) सञ्चालनमा ल्याएको छ । सो शैक्षिक कार्यक्रमका लागि भर्ना हुन आवेदन प्रक्रियासमेत खुलाएको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत रहने यो कार्यक्रम दुई वर्षे (चार सेमेस्टर) र ५९ क्रेडिट आवरको हुनेछ ।

यो पाठ्यक्रम त्रिवि केन्द्रीय विभाग र चारवटा आंगिक कलेजमा सेमेस्टर परीक्षा प्रणालीअन्तर्गत पठनपठान हुने त्रिविको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभाग (सीडीसीएसआईटी)का प्रमुख सर्विन सायमीले जानकारी दिएका छन् । 

पाठ्यक्रम परिचय

त्रिविले वि. सं. २०७६ बाट बीआईटी (ब्याचलर्स ईन इन्फर्मेसन टेक्नोलोजी)  सञ्चालनमा ल्याएको थियो । त्यही पाठ्यक्रमको स्नातकोत्तर तहका रुपमा एमआईटी ल्याइएको सायमीले जाकारी गराए । उनका अनुसार यस पाठ्यक्रममा सूचना प्रविधिका विषयवस्तुमा विद्यार्थीलाई गहिरो ज्ञान दिने खालका विषय समेटिएका छन् ।

पाठ्यक्रममा इन्टरप्राइज एप्लिकेसन, डिजिटल मार्केटिङ, इन्टेलिजेन्ट कम्प्युटिङ, साइबर सेक्युरिटी, डिजिटल गर्भनेन्स, आईटी इन्टरप्रिन्युरशिप लगायतका विषय रहेका छन् । 

कोर्षको पहिलो सेमेस्टरमा पाँच ओटा विषय छन् । ती प्रत्येक विषय तीन–तीन क्रेडिट आवरको रहेका छन् । दोस्रो समेस्टरमा छ वटा विषय छन् । तीमध्ये पाँच विषय तीन क्रेडिट आवरका छन् । साथै यस सेमेस्टरमा  एक क्रेडिट आवर बराबरको एउटा सेमिनार रहेको छ । 

त्यस्तै तेस्रो सेमेस्टरमा पाँच विषय र प्रत्येक चार विषयको क्रेडिट आवर रहेको छ । साथै यस सेमेस्टरमा एक क्रेडिट आवरको एउटा टर्म पेपरसमेत रहेको छ । अन्तिम वा चौंथो सेमेस्टरमा तीनवटा विषय छन् । तीमध्ये तीन क्रेडिट आवर बराबरको दुईवटा विषय छन् । साथै आठ क्रेडिट बराबरको परियोजना वा थेसिस रहेको छ । यसरी यो कोर्ष ५९ क्रेडिट आवरको रहेको छ । 

यद्यपि विद्यार्थीले चाहे चौंथो सेमेस्टरमा तीन क्रेडिट आवरको इलेक्टिभ कोर्ष पनि अध्ययन गर्ने विभागीय प्रमुख सायमीले बताए । यसरी ५९ क्रेडिट आवरको भए पनि विद्यार्थीले ६२ क्रेडिट आवर  बराबरको कोर्ष गर्नसक्ने उनले सुनाए ।

कसले अध्ययन गर्न पाउँछन् ?

एमआईटीमा भर्ना हुन स्नातक तहमा बीआईटी, बीएससी सीएसआईटी, बीई कम्प्युटर, बीसीए, बीआईएम लगायतका आईटी कोर्ष अध्ययन गरेको हुनुपर्छ ।

कहाँ कहाँ हुँदैछ अध्ययन ?

यो पाठ्यक्रम त्रिविको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रिय विभाग (सीडीसीएसआईटी) सँगै अन्य चारवटा आङ्गिक कलेजहरुमा सञ्चालन हुँदैछ । एमआईटी अध्यापन गराउने आङ्गिक शिक्षण संस्थामा पाटन बहुमुखी क्याम्पस, अमृत साइन्स कलेज (अस्कल), पद्म कन्या (पीके) क्याम्पस र भक्तपुर बहुमुखी क्याम्पस रहेका छन् ।

विद्यार्थी सिट र शुल्क

यो पाठ्यक्रमका लागि केन्द्रीय विभाग र आङ्गिक कलेजहरुमा विद्यार्थी सिट क्षमता ३०/३० रहेको छ । विषयको शुल्क चाँडै निर्धारण गरिने सायमीले जानकारी दिए । 

अध्ययन पछिको भविष्य

विद्यार्थीले यस विषयको अध्ययनपछि कम्प्युटर सिस्टम एनालिस्ट, आईटी म्यानेजर, क्लाउड आर्किटेक्ट, आईटी प्रोजेक्ट म्यानेजर लगायतका काम गर्न सक्छन् । त्यस्तै आईटी कम्पनी बाहेक अध्ययन अनुसन्धानमा पनि विद्यार्थी जान सक्ने बताइएको छ । यस विषयको अध्यययनका लागि फागुन १४ चैत ८ गतेसम्म  अनलाइनबाट आवेदन फारम दिन सकिने छ । यो विषयको अध्ययन गर्न चाहनेले यहाँ क्लिक गर्नुहोस् । त्यस्तै पाठ्यक्रम बारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top