काठमाडौं । भूतपूर्व ब्रिटिस गोरखा सैनिकहरुको सवाल कुनै एक जाति र वर्गको मात्र समस्या नभई सिंगो राष्ट्रको समस्या भएकाले यस विषयमा म आफू गम्भीर रहेको छु । उक्त विचार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहीवार १९ माघमा सरकारी निवास बालुवाटारमा भू.पू. सैनिकका नेतृत्वदायी संस्था गोरखा भूतपूर्व गोरखा सैनिक संघ (गेसो)का पदाधिकारीसमेतको भेटवार्तामा बताएका हुन । सो टोलीको नेतृत्व गेसोका सभापति कृष्ण कुमार राईले गरेका थिए ।
गेसो प्रतिनिधिमण्डलले गोरखालीहरुको तर्फबाट बधाई तथा कार्यकाल सफलताको अविनाशी शुभकामना व्यक्त गर्दै बेलायत सरकारले गोरखा सैनिकहरु माथि वर्षौदेखि गर्दै आएको विभेद अन्त्य गर्न सरकारका तर्फबाट विशेष भूमिका निर्वाह गर्न आग्रह गरेको थियो । यस क्रममा प्रधानमन्त्री प्रचण्डले मलाई पटकपटक गेसो सभापति कृष्ण कुमार राई र अन्य भूपू सैनिकहरुले पनि अवगत गराउनु भएको बताउँदै भूपू सैनिकहरुको समस्या समाधान आफ्नै कार्यकालमा हुनेछ भन्ने लागेको छ । यहाँहरुले जस्तै सबै भूतपूर्व गोरखाहरुले राख्नु भएको थुप्रै विषयमा पनि आफ्नो तर्फबाट गर्नुपर्ने कार्य इमानदारीपूर्वक गर्ने प्रतिवद्धता जाहेर गरेको गेसोद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
गेसोद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ:






%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
