काठमाडौं । अब मोबाइल चोरी भएमा वा हराएमा प्रहरी कार्यालयमा गएर निवेदन दिनु पर्ने झन्झटबाट मुक्ति हुने भएको छ । मानिसको दैनिकी व्यस्तताले गर्दा पनि समय नमिल्ने हुँदा अब प्रहरी कार्यालय धाउनु नपर्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालन गरिरहेको ईआईआर प्रणालीमा नयाँ सुविधा थप गर्न लागेको छ ।
यसपछि मोबाइल सेट हराउँदा सेवाग्राही प्रहरीकहाँ जानु पर्दैन । नयाँ सुविधा अनुसार हराएको मोबाइल सम्बन्धी सम्पूर्ण जानकारी अनलाइन आवेदन मार्फत पर्नासाथ त्यसको जानकारी प्रहरीको सम्वन्धित निकायलाई जानकारी पुग्नेछ ।
यसअघि प्रहरी कार्यालयमा निवेदन दर्ता गराएपछि मात्रै प्राधिकरणाको ईआईआर प्रणालीमा आवेदन दिन मिल्थ्यो । अब प्राधिकरणको मोबाइल लस्ट ट्याक एप्लिकसेनमा आवेदन दिएपछि यसको सूचना प्रहरी प्रधान कार्यालयलाई पुग्नेछ र प्रहरीले सम्बन्धित शाखा र युनिटलाई यसबारे जानकारी प्रवाह गर्नेछ । सोही आधारमा हराएको वा चोरी भएको मोबाइल प्रहरी खोजी गरि सम्पन्धित व्यक्तिसम्म पुग्नेछ । प्राधिकरण स्रोतका अनुसार यो सुविधा चाँडै लागू हुनेछ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
