काठमाडौं । यो संसार रहस्यले भरिएको छ । विभिन्न रोचक रहस्यहरूले मानिसहरूलाई चकित बनाइरहन्छ र हजारौं वर्षदेखिको रहस्यहरू अहिले खुलासा भइरहेका छन् । विश्वभर प्रख्यात थाइल्याण्डको नागा गुफामा यस्तै एउटा ठूलो रहस्य लुकेको छ । थाइल्याण्डमा रहेको गुफा नजिकै सर्प जस्तो विशाल चट्टान रहेको छ । जसलाई हेर्दा शताब्दीयौंअघि सोही ठाउँमा ठूलो सर्प ढुङ्गा बनेको जस्तो लाग्छ । यस प्रकारको कथा यहाँका स्थानीय मानिसहरूले सुनाउने गर्छन् ।
नागा गुफा फाङ नागा खाडीमा अवस्थित ऐतिहासिक गुफा हो । यो गुफा करिब ३ हजारदेखि ५ हजार वर्ष पुरानो रहेको बताइएको छ । थाइल्याण्डको पर्यटन मन्त्रालयको वेबसाइटमा रहेको विवरण अनुसार उत्तरपूर्वी थाइल्याण्डको फु लाङ्का राष्ट्रिय निकुञ्जमा रहेको नागा गुफामा सर्पको जस्तो चट्टान रहेको छ । (फोटो–सामाजिक सञ्जाल)
यो चट्टान लगभग १००,००० वर्ष पहिले बनेको जनविश्वास छ । राष्ट्रिय निकुञ्जमा पानीको ट्याङ्की सफा गर्ने काउन्सिल अधिकारीहरूको टोलीले सन् २०२० मा यो पत्ता लगाएको थियो । (तस्बिर– ट्विटर)
उत्तरपूर्वी थाइल्याण्डको बुएङ कान प्रान्तमा अवस्थित नागा गुफामा रहेको विशाल चट्टानको आकार विशाल सर्पजस्तै छ । यस विशेष चट्टानको बारेमा धेरै मिथक प्रचलित छ । यो चट्टानले वर्षा ल्याउँछ भन्ने स्थानीयको जनविश्वास रहेकोछ । त्यसैले मानिसहरूले यसलाई बर्षाको देवता मान्छन् । यद्यपि, यी कथाहरूको बारेमा कुनै तथ्य हालसम्म फेला परेको छैन । त्यसैले यसलाई लोकप्रिय लोककथा मानिन्छ । (फोटो–ट्विटर)
अहिले यीे गुफाका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । हालै एक पोस्टमा यो चट्टान श्रीलंकामा रहेको दाबी गरिएको थियो । जबकि यो दाबी पूर्णतया गलत थियो । (फोटो–ट्विटर)
बैंकक पोष्टको एक रिपोर्ट अनुसार तापक्रमको उतारचढावका कारण यो चट्टान फुटेर र पानीको किनारमा रहेको कारण पानीको धारले ढुङ्गा काटेर सर्पको आकारमा परिणत भएको विश्वास गरिएको छ । (फोटो– लभ सिल्हूट÷शटरस्टक) – एजेन्सीको सहयोगमा








%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
