यी १२ एपमा छन् खतरनाक भाइरस, फोनबाट तुरुन्तै डिलिट गर्नुहोस्

0

यी १२ एपमा छन् खतरनाक भाइरस, फोनबाट तुरुन्तै डिलिट गर्नुहोस्

काठमाडौं । विश्वमा स्मार्टफोनको प्रयोग द्रुत गतिमा बढ्हिेको छ, र अनुभव सुधार गर्न, मानिसहरू हरेक दिन नयाँ एप डाउनलोड गर्छन् । तर धेरै प्रयोगकर्ताहरूलाई थाहा छ कि हामीले कुनै पनि एप डाउनलोड गर्दा सावधान रहनुपर्छ । किनकी फोनमा फेक एप इन्स्टल भयो भने तपाईको डाटा जोखिममा पर्न सक्छ । जसले गर्दा हाम्रो महत्वपूर्ण डाटा चारी हुनसक्छ । यसैबीच केही यस्तै नक्कली एपको बारेमा पनि जानकारी प्राप्त भएको छ । वेबका साइबर सेक्युरिटी विशेषज्ञहरुले १२ खतरनाक एपको बारेमा बताएका छन् । डरलाग्दो कुरा यो छ कि यी एप्स पत्ता लाग्नु अघि नै लाखौं मानिसहरूले डाउनलोड गरिसकेका थिए ।

हाल, ति एपलाई गुगल प्ले स्टोरबाट हटाइ सकिएको छ । हटाइएका एपहरूलाई फिटनेस, गेमिङ एप्सका रूपमा प्रस्तुत गरिएको थियो र प्रयोगकर्ताहरूलाई नक्कली वेबसाइटहरूमा जाने लिङ्कहरूमा क्लिक गर्न लगाएर तगी गरिन्छ । हाले नेपालमा पनि “नेपाली गर्ल चाहिन्छ ?” भन्ने एपको कारण धेरैजनाको बैक खातामा रहेको रकम रित्तिएको समाचार बाहिर आएको छ ।

साइबर सेक्युरिटीका अनुसार यी मध्ये केही एप यस्ता पनि थिए जुन निकै लोकप्रिय पनि थिए । ती एपलाई विश्वभरका ५० लाखभन्दा बढी प्रयोगकर्ताहरूले डाउनलोड गरेका थिए ।

कतिपय नक्कली एपहरू यस्ता थिए जसले प्रयोगकर्तालाई दैनिक हिँड्ने र व्यायाम गर्नेलाई रिवार्ड पोइन्ट दिने गरेको थियो । यसपछि, जब प्रयोगकर्ताहरूले आफ्नो पोइन्टहरू रिडिम गर्ने प्रयास गरे, उनीहरूले उनीहरूलाई धेरै विज्ञापनहरू हेर्न बाध्य पारे । गुगलले प्ले स्टोरबाट त्यस्ता दुई एप हटाएको छ । जबकि एक अझै गुगल प्ले स्टोर मा छ । त्यस्ता केही नक्कली एप र ट्रोजन पनि छन् जसले प्रयोगकर्तालाई लक्षित गरी सशुल्क सेवाका लागि बाध्य पारिरहेका छन् ।

यी एपहरू गुगल प्ले स्टोरबाट हटाइएका छन् ।

प्ले स्टोरबाट हटाइएका एपहरूमा गोल्डेन हन्ट, रिफ्लेक्टर, फिटस्टार, सेभेन गोल्डेन वुल्फ, ब्ल्याकज्याक, अनलिमिटेड स्कोर, बिग डिसिजन, ज्वेल सी, लक्स फ्रुट्स गेम, लकी क्लोभर र किंग ब्लिट्ज समावेश छन् ।

एप डाउनलोड गर्नुअघि यी कुरामा ध्यान दिनुहोस् 

जब तपाइँ कुनै एप डाउनलोड गर्नुहुन्छ, सधैं त्यो एपको बारेमा राम्ररी बुझ्ने, मूल्याङ्कन र समीक्षाहरू जाँच गरिसके पछि मात्र डाउनलोड गर्नुहोस् । विश्वसनीय विकासकर्ता द्वारा बनाईएको अनुप्रयोग मात्र डाउनलोड गर्न प्रयास गर्नुहोस् । प्ले स्टोर बाहेक अन्य स्रोतबाट एपहरू डाउनलोड नगर्नुहोस् । अज्ञात एपहरू इन्स्टल नगर्नुहोस् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top