अनुगमनका पुगेका उपमेयरमाथि किन हातपात ?

0


भक्तपुर । विकास निर्माणको अनुगमनमा निस्केका नगर उपप्रमुखममथि हातपात भएको छ । मध्यपुर थिमि नगरपालिकाको विकास निर्माणको कार्यक्रम अन्तरगत अनुगमनमा निस्केका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि हातपात भएको हो ।

नगरपालिकाको मध्यपुर थिमि नगरपालिका वडा नं. ५ बस्ने सुमन जोशी लगायतका समूहले नगर उपप्रमुखमाथि हातपात गरेको जनाएको छ । नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्षसमेत रहेका उनलाई हातपात गरी घाइते बनाउने उद्देश्यले कुटपिट गरेको घटनाको पार्टी भत्सर्ना गरेको छ ।

पार्टीले विज्ञप्ति मार्फत विकास निमाणको कार्यमा हातेमालो गरी अघि बढ्नु पर्नेमा यस्ता दुषित मनसाय राखेर घटना घटाउन खेदजनक रहेको र नगर प्रमुख र उप प्रमुखको उपस्थितिमा भईरहेको विकास निर्माण कार्यमा आक्रमण हुनुले सम्पूर्ण विकास प्रेमी नगरवासीहरुको भावनामा ठेस पुगेको उल्लेख गरेको छ ।

पार्टीले उक्त घटनाको सत्य तथ्य छानविन गरी दोषी उपर कडा भन्दा कडा कारवाही गर्न माग गरेको छ । बालकुमारी हात्तिमहाकाल सडक आयोजनाको योजना शुरु गर्ने क्रममा निगूपुखु टोलमा ढुंगा विच्छाउने कार्यको लागि गत माघमा नगर प्रमुख र नगर उपप्रमुखको उपस्थितिमा बालकुमारी हात्तिमहाकाल सडक उपभोक्ता समिति गठन भएको थियो । सो कार्य सुचार गर्नका लागि सहजीकरण गर्न कार्य स्थलमा उपस्थित भई कार्य गरिरहेको अवस्थामा हातपात भएको जनाइएको छ ।

यो पनि......

मध्यपुर थिमि नगरपालिका घेराउ

नगरपालिकाले ७० लाख रुपैंया विनियोजन गरेको सो ढुंगा छाप्ने कार्यको शुभारम्भका लागि आइतवार नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायत कार्यस्थल पुग्नुभएको थियो । सो क्रममा नेकपा एमाले मध्यपुर थिमि नगर कमिटिका सचिव समेत रहनुभएका सुमन जोशीको समूहले पहिलेकै उपभोक्ता समितिले काम गर्न पाउनुपर्ने माग राखी कार्य सूचारु नगर्न अवरोध गरेका थिए ।
सो सम्बन्धमा विवाद हुँदा झडप भएको थियो । झडपमा उपप्रमुख विजयकृष्ण श्रेष्ठ र उहाँका स्वकिय सचिव सचिन बज्राचार्यले पदिय जिम्मेवारी विपरित नगरसचिव जोशीलगायतलाई हातपात गरेको र सो घटनालाई घटनास्थलमा उपस्थित भएका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले समेत पदिय मर्यादा भुली प्रमुख प्रशासकिय अधिकृत मार्फत प्रहरीमा उजुरी दिएको भन्दै एमालेले त्यसको विरोधमा नगरपालिका घेराउ गर्न लागेको जनाएको हो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top