भक्तपुर । भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न सो सभाको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठले गरेका थिए । कार्यक्रममा उनले विद्युतीय सामग्रीका व्यवसायीहरुले अबका दिनमा समूहमा मिलेर स्वदेशमै सामग्रीहरु तयारी गर्नु पर्नेमा जोड दिए । वर्तमान अवस्थामा व्यवसायीहरु हरेक क्षेत्रबाट पिडित बनिरहेको अवस्थामा यसलाई निकास दिन नेपाल चेम्बर अफ कमर्सले निरन्तर पहल गरिरहेको पनि बताए ।
संघका अध्यक्ष गंगाराम मानन्धरले भक्तपुर जिल्लालाई विद्युतीय सामग्रीको हवका रुपमा विकास गर्न संघ लागि परेको बताउँदै भक्तपुर जिल्लामा हरेक ब्राण्डका सामाग्रीहरु प्रतिस्पर्धी मूल्यमा उपलब्ध भएको बताए । संघले निर्धारण गरेको मूल्य मान्यताको परिधिभित्र रहेर व्यवसायीहरुले स्वच्छ र प्रतिस्पर्धी वातावरणमा व्यवसाय सञ्चालन गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष तथा संघका संस्थापक अध्यक्ष न्हुछे रत्न मानन्धरले भक्तपुर जिल्लामा भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ एक क्रियाशिल संस्था भएको जिकिर गरे । सोही अवसरमा उनले नयाँ सरकार बनेपछि व्यवसायीहरुमा सकारात्मक उर्जा आईसकेकोमा राजनीतिक दलहरुले पदका लागि खिचातानी गर्न थालेको अवस्थामा मुलुकको अर्थ व्यवस्था कता पुग्ने भन्ने विषयमा चिन्ता व्यक्त गरे ।
सोहि कर्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धरले सबै प्रकारका विद्युतीय सामग्रीहरु एउटै छानामुनी उपलब्ध गराउन सकिने गरी संघले व्यवसायीहरुलाई एककृत लगानीका लागि उत्प्रेरणा गर्नु पर्ने बताए । त्यस्तै समारोहमा संघका निवर्तमान अध्यक्ष माधव प्रसाद प्रजापतिले राष्ट्र बैंकको कर्जा नीतिका विरुद्धमा सबै व्यवसायीहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।
सो अवसरमा संघका उपाध्यक्ष चन्द्र भक्त श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन साधारण सभाका संयोजक एवं संघका महासचिव राम प्रसाद खर्बुजाले गरेका थिए ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
