काठमाडौं । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ ।
फस्टलुकमध्ये
एकमा फिल्मका प्रमुख कलाकार अरुण क्षेत्री, शुभेक्क्षा खड्का र सृष्टि
श्रेष्ठलाई स्थान दिइएको छ । पोस्टरमा अरुण र शुभेक्क्षा तथा सृष्टि र
अरुणलाई रोमान्टिक भावमा देखाइएको छ । अर्को फस्टलुकमा शुभेक्क्षा, अरुण र
सृष्टिलाई खुशीको मुडमा देख्न सकिन्छ । तेस्रो पोस्टरमा शुभेक्क्षा र अरुण
रोमान्टिक हुँदा छेउमा अरुण र सृष्टिको खुशी मुड देखाइएको छ।
निर्देशक
भण्डारीले फिल्मले त्रिकोणात्मक प्रेमकथा बोल्ने बताए । फिल्म ‘मञ्जरी’,
‘लभ यू बाबा’, ‘हैरान’, ‘मेरो पैसा खै’, ‘गाँजाबाजा’ र ‘चिनी कम रङ कडा’
जस्ता फिल्ममा सह निर्देशकका रुपमा काम गरेका निर्देशक भण्डारीको पूर्ण
निर्देशकीय डेब्यू फिल्म ‘रणवीर’ हो । यो फिल्ममा उनकै लेखनसमेत थियो । यो
फिल्मबाट उनले कामको राम्रो तारिफ पाएका थिए ।
फिल्म ‘प्रेमा’मार्फत
गोविन्दले फिल्म निर्माणमा पनि पाइला चालेका छन् । गोविन्दसँग लेखक तथा
निर्देशक विवेक घिमिरेले ‘प्रेमा’ निर्माणमा सहकार्य गरेका छन् । अमेरिकाको
बोस्टन, मेसाच्युसेटमा बस्ने घिमिरे फिल्म ‘चिनी कम रङ कडा’का
निर्देशकसमेत हुन् ।
फिल्म ‘प्रेमा’ काठमाडौं, धनगढी र कर्णालीमा
सुटिङ गरिएको हो । फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी,
हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत,
महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया९ (काजु)को अभिनय छ ।
सामर्थ
विक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत,
सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, अमिषा शाहीको मेकअप, मेघराज
पौडेलको प्रोडक्सन, डुकराज घिमिरेको कला, कृष्णबहादुर थापाको सहायक
छायांकन, कुलदीप शर्मा, जगदिश न्यौपाने र अनुप केसीको सहायक निर्देशन छ ।
फिल्ममा
चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड
स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, रिवाज कार्की
र गडरेज पिक्चरको भीएफएक्स, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र
महेश पौडेल (WICA) को डीओपी छ । महेश ‘मञ्जरी’ र ‘रणवीर’का डीओपीसमेत हुन् ।
फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
