यी ३ तरिकाले PDF फाइललाई Word मा सजिलै रूपान्तरण गर्न सकिन्छ

0

 

यी ३ तरिकाले PDF फाइललाई Word मा सजिलै रूपान्तरण गर्न सकिन्छ

सबैले कुनै न कुनै रुपमा पिडिएफ फाइल प्रयोग गरिरहेका हुन्छौ । आफ्ना महत्वपूर्ण फाइलहरु पिडिएफको रुपमा सुरक्षित राख्ने गदछौं । तर धेरै पटक यस्तो हुन्छ कि जब हामीलाई PDF फाइल सम्पादन गर्नु पर्ने आवश्यक हुन्छ, यस्तोमा यसलाई कसरी गर्ने भनेर बुझ्दैनौं । वास्तवमा पीडीएफ सीधा सम्पादन गर्न सकिँदैन । तसर्थ, यसका लागि पहिला यसलाई वर्ड फाइलमा रूपान्तरण गर्नुपर्ने हुन्छ । 

PDF Adobe द्वारा विकसित गरिएको सफ्टवयर फाइलको ढाँचा हो । यहाँ हामी कसरी PDF फाइललाई Word फाइलमा रूपान्तरण गर्न सक्छौं त्यसबारेमा जान्दैछौं । यहाँ हामी तपाईलाई ३ उपायहरु बताउँदैछौँ, जसबाट तपाई आफैले सजिलैसँग कुनै पनि पिडिएफ फाइल वर्डमा रुपान्तरण गरि सम्पादन गर्न सक्नु हुनेछ ।

अनलाइन निःशुल्क PDF to Word Converter

जब हामीले कुनै पनि पिडिएफ फाइललाई वर्डमा रूपान्तरण गर्नु पर्ने हुन्छ त्यसलाई कुनै पनि फोन वा पीसीमा सजिलै गर्न सकिन्छ । यसका लागि हामीले गुगलमा पिडिएफ टु वर्ड कन्भर्टर टाइप गरेर खोज्नुपर्छ । इन्टरनेटमा कतिपय वेबसाइटहरू पिडिएफ बाट वर्डमा सित्तैमा अर्थात बिना शुल्क रूपान्तरण गर्ने सुविधा दिइरहेका हुन्छ भने ठूला साइजका पिडिएफ फाइलको लागि शुल्क तिर्नु पर्ने हुन्छ । तर साना आकारका फाइलका लागि कुनै शुल्क लाग्दैन ।

क) इन्दरनेटको कुनै एक कन्भर्ट गर्ने वेबसाइट खोल्नुहोस् ।

ख) त्यहाँ पिडिएफ फाइल अपलोड गर्ने अप्सन दिइएको हुन्छ । त्यसमा क्लिक गर्नुहोस् । तपाईंले Dropbox, Drag & drop मार्फत कम्प्युटरमा रहेको आफ्ना फाइलहरू अपलोड गर्न सक्नुहुन्छ ।

ग) यसपछि ’कन्भर्ट टु वर्ड’ विकल्प चयन गर्नुहोस् र ’कन्भर्ट’ विकल्पमा क्लिक गर्नुहोस् ।

घ) यसपछि तपाईको पिडिएफ फाइल वर्डमा रूपान्तरित हुनेछ र त्यसपछि त्यसलाई डाउनलोड बटममा क्लिक गरेर आफ्नो कम्प्यूटरमा सेभ गर्न सकिन्छ ।

गुगल डकको मद्दतले पनि पिडिएफ फाइल वर्डमा रूपान्तरण गर्न सकिन्छ ।

क) पहिले Google.com मा गएर गुगल ड्राइभ खोल्नुहोस् र आफ्नो गुगल खातामा लग इन गर्नुहोस् ।

ख) यहाँ ’ न्यू फाइल’ आइकनमा क्लिक गर्नुहोस् र कम्प्यूटरमा रहेको पिडिएफ फाइल अपलोड गर्नुहोस् । यहाँ तपाईं आफ्नो गुगल ड्राइभमा फाइलहरू खोल्न वा आफ्नो फाइलहरु अपलोड गर्न सक्नुहुन्छ ।

ग) अब कन्भर्ट गर्न चाहेको फाइलमा राइट क्लिक गर्नुहोस् । त्यसपछि फाइल कुन अप्सनमा खोल्ने भनेर देखाउछ । त्यसमा Open with Google Docs मा क्लिक गर्नुहोस् । फाइल Google Docs मा खुल्नेछ । 

घ) अब फाइलमा गएर ’डाउनलोड’ विकल्पमा क्लिक गरेर माइक्रोसफ्ट वर्ड फरम्याटमा कम्प्यूटरमा सेभ गरेर आवश्यकता अनुसार सम्पादन गर्न सकिन्छ ।

माइक्रोसफ्ट वर्डको मद्दतले पनि गर्न सकिन्छ

क) पहिले एमएस वर्ड खोल्नुहोस्, र ’फाइल’ विकल्पमा क्लिक गर्नुहोस् ।

ख) अब ड्रपडाउन मेनुबाट ’खोल्नुहोस’ मा क्लिक गर्नुहोस्, त्यसपछि कम्प्युटरमा आफ्नो पिडिएफ फाइल खोज्नुहोस्, र त्यहाँबाट खोल्नुहोस् ।

ग) अब तपाईले अगाडि देखिने सन्देशमा ’इप्’ मा क्लिक गर्नुपर्नेछ ।

घ) अब पिडिएफ फाइल वर्डमा रूपान्तरण हुनेछ, र यसलार्ई आफूले चाहे अनुसार सम्पादन गर्न सकिन्छ ।

ङ) सबैभन्दा पहिला सम्पादन गर्न चाहेको पिडिएफ फाइल खोल्नुहोस । त्यसपछि फाइल मेनुमा गएर ओपेन एजमा क्लिक गर्नुहोस । त्यहाँ वर्ड फरम्याट अप्सन क्लिक गरेर पनि पिडिएफ फाइल वर्डमा कन्भर्ट गर्नसक्नु हुनेछ । यसको लागि तपाईंको कम्प्यूटरमा माइक्रोसफ्ट वर्डको 2020 वा त्यसपछिको भर्सन हुनु आवश्यक छ ।

– एजेन्सीको सहयोगमा


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top