मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले विकास निर्माणमा अवरोध गर्न जो कोहीलाई पनि नगरपालिकाले माफी नदिन चेतावनी दिएका छन् । नगरपालिकाद्वारा आयोजित मौलिक नाम अभिलेखिकरण तथा प्रतिस्थापन कार्य सम्बन्धि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख श्रेष्ठले नगरका विकास निर्माण कार्यमा राजनीति नगर्न चेतावनी दिदै निर्वाचनमा दलको प्रतिनिधिको रुपमा उम्मेदवार भएपनि विजयी भईसकेपछि आफु जनताको प्रतिनिधि भएकाले विकास निर्माणमा कहिल्यै पनि पूर्वाग्रह नराखिने स्पष्ट पारे ।
बालकुमारी हातिमहाकाल सडक खण्डको ढुंगा बिछ्याउने कार्यको जिम्मेबारी पाएर पनि समयमै काम पुरा नगरेकोले साबिक सुमन जोशी नेतृत्वको उपभोक्ता समितिलाई बिस्थापित गर्री नया उपभोक्ता समिति गठन गरि कार्य शुरु गर्ने क्रममा भएको अबरोध प्रति कडा आक्रो्स ब्यक्त गर्दै नगर प्रमुख श्रेष्ठले कुनै पनि आवरणमा विकास विरोधि तत्व माथि नगरपालिका निर्मम तरिकाले प्रस्तुत हुने जानकारी दिए ।
कार्यक्रममा नगरप्रमुख श्रेष्ठले नगरमा बढ्दो शहरीकरण र बस्ती विकाससँगै स्थानीय पहिचान सहितको मौलिक नामहरु लोप हुने अवस्थामा पुगेकोले नगरपालिकाले स्थानीय अभियन्ता र विज्ञसहितको समिति गठन गरी मौलिक नामको संरक्षण कार्य शुरु गरिएको बताए । उनले समिति गठनको छोटो समयमा उल्लेख्य कार्य गरेको भन्दै समितिको सिफारिसमा आगामी वर्षदेखि नै मौलिक नामाकरणको थालनी गर्ने जानकारी दिए ।
कार्यक्रममा समितिका संयोजक राजेन्द्र श्रेष्ठले कुनै पनि स्थानको मौलिक पहिचान स्थापित गरी भावी पुस्तालाई सो को महत्व बताउन स्थान विशेषको मौलिक नामाकरण आवश्यक भएकोले यो अभियान सञ्चालन गरिएको जानकारी गराए । उनले विश्वमा सन् १८०० देखि मौलिक पहिचान सहितको नामको संरक्षण गर्ने अभियान शुरु भएको जानकारी दिँदैं संयुक्त राष्ट्र संघले समेत छुट्टै समिति गठन गरी मौलिक नामाकरणको सम्बन्धमा कार्य गर्दै आइरहेको बताए । त्यसैगरी समितिका सदस्य सचिव तुलसीभक्त तकोले समितिको उद्देश्य, काम कर्तव्य अधिकार, मौलिक नामाकरणका सूचांक, विधि, पद्धतीका बारेमा सहभागीहरुलाई जानकारी गराएको थियो ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
