वाई–फाई विस्थापन गर्ने नयाँ प्रविधि ’लाई–फाई’

0

वाई–फाई विस्थापन गर्ने नयाँ प्रविधि ’लाई–फाई’

काठमाडौं । वाई–फाईको विकल्पमा नयाँ प्रविधि सार्वजनिक भएको छ । बार्सिलोनामा हालै सम्पन्न मोबाइल वर्ल्ड कंग्रेस कार्यक्रममा ’प्योरलाइफाइ’ नामक कम्पनीले लाइट एन्टेना मोड्युल सार्वजनिक गरेको हो ।

यस प्रविधिलाई हाल विद्यमान वाई–फाईको विकल्पको रुपमा हेरिएको छ । यस्तो प्रकारको प्रविधि विश्वमै पहिलो पटक सार्वजनिक भएको बताइएको छ । लाई–फाई नयाँ पुस्ताको वायरलेस प्रविधि हो, जसले रेडियो सिग्नलहरू प्रयोग गरेर डेटा प्रसारण गर्ने काम गर्छ । यो हाल विद्यमान वायरलेस कनेक्टिभिटीभन्दा छिटो र भरपर्दो हुने कम्पनीले दाबी गरेको छ ।

साथै यो अहिले संचालनमा रहेको वाई–फाई र फाइभजी कनेक्सनभन्दा पनि सुरक्षित हुने कम्पनीले दावी गरेको छ । यसले हालको ८०२.११ वाई–फाईको स्ट्यान्डर्डसँगै आईईईई ८०२.११ बीबी (क्ष्भ्भ्भ्डण्द्द.ज्ञज्ञदद) स्ट्यान्डर्ड पनि सपोर्ट गर्छ ।

सन् २०३० सम्ममा यो प्रविधि विश्वका ७० प्रतिशत डिभाइसहरूमा प्रयोग हुने अनुमान गरिएको छ । फाइभजी र वाई–फाईले लामो समयदेखि विद्यमान ट्राफिकको समस्या समाधान गर्न नसकेको र यी नेटवर्कहरू ह्याक हुने सम्भावना बढी भएको कारण लाई–फाईले सबैभन्दा सुरक्षित कनेक्सन प्रदान गर्ने बताइएको छ ।

विभिन्न सैन्य कार्यहरूमा यो प्रविधिको परीक्षण भइसकेको छ । सार्वजनिक रुपमा उपलब्ध हुने बित्तिकै यसको प्रयोग व्यापक रुपमा हुने कम्पनीको दाबी छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top