औषधि पसललेनै बेच्छन, लागूऔषध

0

औषधि पसललेनै बेच्छन, लागूऔषध

भक्तपुर । भक्तपुरमा विना दर्ताऔषधि पसल सञ्चालन गर्ने गरिएको पाइएको छ । दर्ता नै नगरी औषधी पसल सञ्चालन गरिरहेका एक व्यवसायीलाई नियन्त्रणमा लिएपछि सो खुलेको हो ।

प्रहरीले निकोशेरास्थित औषधि पसल संचालन गरेको पाइएको जनाएको छ । अवैध रुपमा औषधी पसल सञ्चालनका साथै औषधिको अवैध कारोबार गरिरहेको अभियोगमा प्रहरीले रौतहट देवाहिबोनाही नगरपालिका १ घर भई हाल भक्तपुर मध्यपुर थिमि नगरपालिका ५ मा डेरा गरी बस्ने २७ वर्षीय अरूण कुमार शाहलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

लागूऔषध प्रयोगकर्ताले विकल्पको रूपमा प्रयोग गर्ने गरेको विभिन्न औषधिहरू अवैध रूपमा बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुर थिमि नगरपालिका ५ निकोसेरा स्थित बिना दर्ताको औषधि पसल खोली संचालन गर्ने उनलाई विभिन्न औषधिसहित पक्राउ गरेको प्रहरीले जनाएको हो । उनलाई आवश्यक कारवाहीका लागि औषधि विभाग काठमाडौं पठाइएको छ। प्रहरीले अन्यत्र पनि सो खाले पसल सञ्चालन गरिरहेको आंशका गर्दै अनुगमन र अनुसन्धान अघि बढाएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top