काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले पहिलो सैन्य जासुसी उपग्रह निर्माणको काम पूरा गरेको बताएका छन् । उत्तर कोरियाको आधिकारिक वेबसाइट केसीएनएले किम जोङ उनले यसलाई प्रक्षेपण गर्ने अनुमति दिएको बताएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार किम जोङ उनले आफ्ना सैन्य अधिकारीहरूलाई देशको पहिलो जासुसी उपग्रहको काम अप्रिल महिनासम्ममा पूरा भइसकेको कुरा सुनिश्चित गर्न र यसलाई योजनाअनुसार छोड्न (प्रक्षेपण) गर्न निर्देशन दिएको जनाएको छ ।
उनले अमेरिका र दक्षिण कोरियाबाट बढ्दो खतराका बीचमा यो भूउपग्रहले देशको सुरक्षा क्षमता बढाउने बताएका छन् । कोरियाले ठोस इन्धन अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल निर्माण गरेको दाबी गरेको एक सातापछि देशको पहिलो सैन्य जासूस उपग्रहको निर्माण सम्पन्न भएको खबर आएको हो ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
