मध्यपुर थिमि । बजरंगबली बचत तथा ऋण सहकारी संस्था लि.मध्यपुर थिमि लौहकिल्थलीले बुधवार आफ्ना जेष्ठ महिला सदस्यहरूलाई सम्मान गर्दै आमाको मुख हेर्ने कार्यक्रम आयोजना गरेको छ ।
मातातिर्थ औशीको अवसर पारेर संस्थाका ६९ जना जेष्ठ महिला सदस्यहरूलाई नेपाली मोलिक परम्परा अनुसार माछा, अण्डा सहितको दही सगुन, खाढा ओढाएर सम्मान गर्दै मातातीर्थ औशी मनाएको संस्थाका ब्यवस्थापक सन्तकृष्ण हेकाले जानकारी दिएको छ । संस्थाका अधिकाशं पदाधिकारीहरूको सहभागीता रहेको सो कार्यक्रममा सम्मानित महिलाहरूले संस्थाले समयसमयमा जेष्ठ सदस्यहरूलाई विभिन्न तरिकाबाट सम्मान गर्ने गरेकोमा खुशी ब्यक्त गरेको संस्थाका अध्यक्ष अष्टकुमार कवेंले जानकारी दिएको छ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
