के महिलासँग लिंग हुन्छ‘ जवाफमा बेलायती प्रधानमन्त्री ऋषि सुनकको धारणा ?

0
के महिलासँग लिंग हुन्छ‘ जवाफमा बेलायती प्रधानमन्त्री ऋषि सुनकको धारणा ?


काठमाडौं । बेलायतमा अहिले ट्रान्सजेन्डर मुद्दालाई लिएर ठूलो बहस चलिरहेको छ । यसैबीच बेलायती प्रधानमन्त्री ऋषि सुनकले एक अन्तर्वार्तामा महिलाको लिंग नहुने बताएका छन् । उनलाई “के महिलासँग लिंग हुन्छ‘ भनी सोधिएको प्रश्नको जवाफमा बताएका हुन ।

लेबर पार्टीका प्रमुख र बेलायती संसदमा विपक्षी दलका नेता सर केयर स्ट्रमरले भर्खरै एक विज्ञप्ति जारी गरेका थिए । उक्त वक्तव्यमा ९९.९ प्रतिशत महिलाको लिंग नभएको उल्लेख गरिएको थियो । पछि, कन्जरभेटिभ होमले बेलायती प्रधानमन्त्रीलाई यस बयानमा उनको राय सोधियो ।

यो प्रश्न सुनेर पहिले ऋषि सुनक हाँसे । तर, पछि धेरै जोड दिएर उनले यस विषयमा आफ्नो धारणा राखे । शतप्रतिशत महिलाको लिंग हुँदैन भन्ने लाग्दैन ? किन त्यस्तो वक्तब्य आयो, प्रश्न गरियो ।

त्यसपछि उनले भने शतप्रतिशत महिलासँग लिंग हुन्न भन्न सकिन्न । यो भन्नुको कारण उनले लिङ्ग परिवर्तन गर्ने सोच राख्नेहरुप्रति सम्मान र समझदारी हुनुपर्ने भएकाले यसो भनिएको बताएका छन् । उनले भने तर जब यो महिला अधिकार, महिला स्थानको रक्षाका विषयमा यी मुद्दाहरु आए भने मलाई लाग्छ कि जैविक सेक्सको मुद्दा मौलिक रूप देखि महत्वपूर्ण मान्नुपर्छ ।

लैङ्गिक कानून मुद्दाहरूमा बहस

बेलायती प्रधानमन्त्री सुनकको भनाइ यस्तो बेला आएको हो जब बेलायतमा लैङ्गिक कानूनका विषयमा बहस चलिरहेको छ । बेलायती सरकारले एक समानता कानूनको बारेमा विचार गरिरहेको छ जसले विशेष लिंगको साथ जन्मेको व्यक्ति र पछि लिंग परिवर्तन गर्ने व्यक्ति बीचको भिन्नता देखाउनेछ ।

बेलायतकी महिला तथा समानता मन्त्री केमी बडेनोकले यस सम्बन्धमा समानता र मानव अधिकार आयोगलाई पत्र लेखेका छन् । लिङ्गको कानूनी परिभाषा परिर्वतन गर्न प्रस्तावित संशोधनको फाइदा वा बेफाइदाबारे सुझाव मागिएको छ । यसबारे प्रधानमन्त्री सुनकले समानता ऐन र जैविक यौन सम्बन्धमा कस्तो धारणा हुनुपर्छ भन्ने विषयमा जवाफ दिएको बताए ।

उनले भने जैविक रुपमा यौन छुट्टिएको छ भने त्यही परिभाषामा रहनुपर्छ । पछि परिवर्तन गर्न चाहे, परिवर्तन गर्नपनि सहजता दिनुपर्छ । तर परिवर्तितलाई परिवर्तन भएकै परिभाषामा राख्नुपर्छ भन्ने कानूनले नै स्पष्ट गर्न आँटेको हो ।

यस्तो छ सुविधा

बेलायतको समानता ऐनले ट्रान्सजेन्डर समुदायका मानिसहरूलाई एकल लिङ्गी जस्तै समान अधिकार प्रयोग गर्न सबै खालको अनुमति दिन्छ । यस वर्षको सुरुमा, बेलायती सरकारले स्कटल्याण्डले पेश गरेको यौन सुधार विधेयकहरू रोकेको थियो । यस कदमको स्कटल्याण्डका अधिकारीहरूले आलोचना गरेका थिए ।

उनीहरूको लिंग पहिचान सुधार विधेयकले मानिसहरूलाई कानूनी रूपमा लिंग परिवर्तन गर्न सजिलो बनाउनेछ । स्कटल्याण्ड सरकारले बुधबार घोषणा ग¥यो कि यसले बिलहरू रोक्ने निर्णयलाई चुनौती दिनेछ । तर अब बिल रोकिनुहुन्न ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top