भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक)को २०१७ भर्ना ब्याचमा अध्ययनरत आर्किटेक्चर कार्यक्रमका विद्यार्थीहरूको प्रथम चरणको साहित्य समीक्षा तथा मामिला अध्ययन सम्बन्धी प्रस्तुति आज सफलतासाथ सम्पन्न भएको छ। पाँच वर्षे आर्किटेक्चर कार्यक्रममा यो थेसिस (शोध) एकदमै महत्वपूर्ण मानिन्छ जसले विद्यार्थीहरूलाई नयाँ सोच र अनुसन्धानमा जोड्ने अवसर प्रदान गर्दछ। यो प्रथम चरणको प्रस्तुतिले विद्यार्थीहरूलाई विभिन्न शोध-अध्ययनका क्षेत्रमा आफ्नो रुचि तथा निपुणतालाई प्रदर्शन गरेको छ। कलेजको आर्किटेक्चर विभागमा प्रमुख श्री अनिल रेग्मीले यस प्रस्तुतिले विद्यार्थीहरूलाई वैज्ञानिक तथा व्यावसायिक अध्ययनको महत्व र प्रभावको बारेमा अनुभव गर्ने मौका प्रदान गर्ने बताए। नेकमा विद्यार्थीहरूको प्रस्तुतिको मूल्याङ्कन वाह्य विशेषज्ञबाट गर्ने प्रचलन अनुसार यस प्रस्तुतिको निर्णायक मण्डलमा देशकै प्रतिष्ठित आर्किटेक्टहरू गौरव के.सी., अर्जुन बस्नेत, विश्वदेव भट्टराई, टोनिल महर्जन, सम्पूर्ण महर्जन र रूपक डंगोल रहेका थिए। प्रस्तुति पश्चात विज्ञहरू र विद्यार्थीहरू बीच अन्तरकृया भएको थियो। विज्ञहरूसँगको अन्तरकृयाले थप उर्जा प्रदान गरेको अभिव्यक्ति विद्यार्थीहरूले दिएका थिए। नेकको आर्किटेक्चर कार्यक्रमका विद्यार्थीहरूले अझै थप चार चरण सफलता पूर्वक पार गरेपछि मात्र कलेजले उनिहरूलाई व्यवसायीक अभ्यासमा पठाउने भएकोले यस कलेजबाट उत्तीर्ण गरेका विद्यार्थीहरू बजारमा अव्बल मानिन्छ। नेकबाट उत्तीर्ण गरेका आर्किटेक्चर कार्यक्रमका कुनै पनि विद्यार्थीहरू बेरोजगार नभएको कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले दावी गरे। हालै सम्पन्न नेपाल इन्जिनियरिङ परिषद्को परीक्षामा सामेल भएका यस कलेजबाट उत्तीर्ण आर्किटेक्चर कार्यक्रमका विद्यार्थीहरू नब्बे प्रतिशत भन्दा बढिले सफलता प्राप्त गरेको कलेजले जानकारी गराए।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
