मुलढोका फोडेर बाल सुधारगृहबाट २२० बढी थुनुवा फरार, ८४ विभिन्न स्थानबाट नियन्त्रणमा

0



भक्तपुर । मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बाल सुधार गृहमा गोली चलेको छ । सुधार गृहमा भएका बन्दीहरुले प्रहरी माथि आक्रमण गरी मुलढोका फोडेर बाहिर निस्कन थालेपछि स्थिती नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो । भिडन्तमा तीन कैदी र केही प्रहरी घाईते भएको स्रोतले बताएको छ ।

घाईते बन्दी मध्ये एक जना गम्भिर घाईते छन भने दुई जनाको स्थिती सामन्य भएको स्रोतले जानकारी दिए । घाईतेहरुको नागरिक अस्पतालमा उपचार भइरहेको छ । सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षिय कमल बस्नेतको आइतवार बिहान मृत्यु भएको थियो । सोही विषयमा सुधार गृहको लापरवाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृह बाहिर नारावाजी गर्दै प्रदर्शन गरेका थिए ।

सोही क्रममा सुधार गृह भित्रका बन्दीहरुले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका थिए । यसैक्रममा भित्रका बन्दीहरु सुधार गृहको कम्पाउण्डको मुलढोका फोडर बाहिर निस्किने र प्रहरी माथि नै आक्रमण गर्न थालेपछि स्थिती नियन्त्रणमा लिन प्रहरी गोली चलाएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

बन्दीहरुले सुधार गृह बाहिर निस्केर प्रहरी माथि आक्रमण गर्दै लखेट्न शुरु गरेका थिए उनीहरुले प्रहरीलाई एसओएस स्कुलसम्म लखेटेको सुरक्षा स्रोतले बताए । अहिले सुधार गृहका सबै पुरुष बन्दी बाहिर निस्केका छन । सुधार गृहमा सशस्त्र प्रहरी बलको टोलीले सुरक्षा दिइरहेका छन । सुधार गृहमा रहेका महिला बन्दीहरु भने त्यही भित्र रहेका छन ।

यसैगरी प्रहरीले फारार बन्दीहरु मध्ये करिव २० जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थिमिमा राखिएको स्रोतले जानकारी दिएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top