२९ वर्ष सेवा गरी विदाई भए प्रा.डा. श्रेष्ठ

0

 

२९ वर्ष सेवा गरी विदाई भए प्रा.डा. श्रेष्ठ

भक्तपुर, भदौ ३ । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठलाई विदाई गरिएको छ । कलेजमा आइतबार विशेष कार्यक्रम गरी कलेज सञ्चालकहरुले उनलार्य विदाई दिएका हुन् ।

कलेजको स्थापनाकालदेखि सेवारत प्राडा श्रेष्ठ उमेर हदले अनिवार्य अवकास पाएका हुन् । अगष्ट ९, १९९४ मा कलेजमा लेक्चररको रुपमा प्रवेश पाएका उनले भाइस प्रिन्सिपल, प्रिन्सिपललगायतका विभिन्न जिम्मेबारीमा रहेर २९ वर्ष सेवा गरेका थिए ।

विदाईमा गरेको कार्यक्रममा कलेज सञ्चालक समितिका सदस्यहरु सोम प्रधान, नरेश खड्का, दिनेश खनाल, सन्तोष केसीलगायतले प्राडा श्रेष्ठले गरेको योगदानबारे चर्चा गरेका थिए । कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारी, प्रजातान्त्रिक प्राध्यापक संघ नेक एकाई अध्यक्ष दीपक धामी, प्रगतिशिल शिक्षक संघ नेक एकाई अध्यक्ष दिगम्वर खोटेजा, स्वतन्त्र कर्मचारी संघ नेक एकाई अध्यक्ष मनोहर खनाल, कर्मचारी संघ नेक एकाई अध्यक्ष श्रीराम खनाल, प्रशाशन प्रमुख श्रीमा शर्मालगायतले कलेजले अवकास प्राडा श्रेष्ठलाई चाहेर पनि विर्सन नसक्ने बताए । कार्यक्रममा एसोसिएट प्रोफेसर राम प्रजापति, सुन्दर कुँंवर, तोसिमा चाँंदनी शाहलगायतले प्राडा श्रेष्ठ कलेजका लागि दतचित भएर काम गर्ने व्यक्तित्व भएको बताए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top