भक्तपुर । १८४ औं विश्व फोटोग्राफी दिवस २०२३ को अवसर पारेर शनिबार भक्तपुरको दरवार स्क्वायरमा फोटो कन्टेन इन फोटोवाक कार्यक्रमको उदघाटन गरिएको छ । भक्तपुरका पुराना फोटोग्राफर एवं मिडियाकर्मी केदार बनेपालीबाट कार्यक्रमको उदघाटन गरिएको हो । कार्यक्रम किपाग्राफी भक्तपुरको आयोजनामा भएको थियो ।
कार्यक्रम अन्तर्गत फोटो प्रतियोगिता पनि भएको छ । किपाग्राफीमा रहेका र वाहिरका गरी दुई विधामा फोटो प्रतियोगिता भएको जनाएको छ । कार्यक्रम अन्तर्गत शनीवार दिनभर भक्तपुरका विविन्न ठाउँंमा घुमेर फोटो खिच्ने र खिचिएका फोटोहरुमध्ये प्रति फोटोग्राफर दुईदुई वटा आफूलाई उत्कृष्ट लागेका फोटोहरु इमेलबाट पठाउने बताएको छ ।
पठाइएको प्रतियोगीहरुमध्ये किपाग्राफीका प्रतिस्पर्धीमध्ये एक जना र अन्यमा पहिलो, दोश्रो र तेश्रो उत्कृष्टलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने जनाइयो । पठाइएको फोटोहरुमध्ये मूल्यांकन गरी आगामी शनिबार उत्कृष्टलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम तय भएको जनाएको छ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
