नगरभित्रका सडकमा ६१४ वटा सडकबत्ती जडान हुने

0

नगरभित्रका सडकमा ६१४ वटा सडकबत्ती जडान हुने


भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका मूख्य सडकहरुमा सडकबत्ती जडानका लागि नगरपालिका र विद्युत प्राधिकरण बीच शुक्रवार सम्झौता भएको छ । नगर क्षेत्रका मूख्य सडकहरुमा आधुनिक सडकबत्ती जडान कार्य नगरपालिका र प्राधिकरणको संयुक्त लगानीमा हुने भएको हो ।

सम्झौता अनुसार लगानीको अनुपात नगरपालिकाको ६५ प्रतिशत र प्राधिकरणको ३५ प्रतिशत लागत सहभागिता रहनेछ । परियोजनाको कुल अनुमानित लागत ३ करोड ८५ लाख ५९ हजार ७६५ रुपैंया रहेको छ । सडकबत्ती जडान कार्यका लागि प्रविधिको छनोट गर्ने, बोलपत्र तयार गर्ने, खरिद कार्य सम्पन्न गर्ने तथा निर्माण कार्यको सुपरिवेक्षण गर्ने लगायतका कार्य प्राधिकरणले गर्नेछ । सडकबत्ती निर्माण अवधि पश्चात ५ वर्षे मर्मत सम्भारको सम्झौता समेतको व्यवस्था बोलपत्रमा हुनेछ ।

सडकबत्तीको संरचना निर्माण पश्चात नगरपालिकालाई सडकबत्ती हस्तान्तरण गरिने र साको वारेन्टी पिरियड भित्र करेक्सन गर्नुपर्ने बाहेकका नियमित सम्भार र वार्षिक मर्मत सम्झौतामा नसमेटिएका मर्मत कार्यहरु प्राधिकरणको प्राविधिक सहयोगमा नगरपालिकाले गर्नेछ ।

सडकबत्ती जडानको कार्य ठिमी वितरण केन्द्रको समन्वयमा हुने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिएकोछ । नगरका मुख्य सडकहरुमा प्रभावकारी यातायात व्यवस्था र शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षा लगायतका सेवा सुविधाहरुलाई चुस्त दुरुस्त राख्न सडकबत्ती व्यवस्थापन गर्न अपरिहार्य रहेकोले नगरपालिकाले प्राधिकरणसँगको सहकार्यमा सडकबत्ती जडानको आयोजना सञ्चालन गर्न लागिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

“शहरी सौन्दर्य अभिबृद्धि गर्न नगरपालिका क्षेत्रका सडकहरुमा सडकबत्ती जडानका लागि उपलब्ध स्रोत साधन तथा प्रविधिको अधिकतम प्रयोग गरी सडकबत्ती जडान कार्य शीघ्र शुरु गर्ने र आवश्यकता अनुसार आपसी समन्वय र सहकार्यको आधारमा निरन्तर बिस्तार गर्दै लान यो सम्झौता भएको हो,” उनले बताए ।

सम्झौता अनुसार नगरका करिव १५ किलोमिटर मूख्य सडकमा सडकबत्ती जडान गरिनेछ । त्यसका लागि १७५ वटा नयाँ विद्युत पोल, ६०, ९० र १२० वाटका ६१४ वटा लिड बत्ती र सञ्चार प्रणालीसहितको फिडर प्यानल १२ वटा जडान गरिने जनाइएकोछ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top