काठमाडौं । ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको असनको क्वथुननि संरक्षण गर्नुपर्ने मागसहितको प्रतिवेदन भूमि व्यवस्था तथा सहकारी मन्त्री रन्जिता श्रेष्ठ चौधरीलाई हस्तान्तरण गरेको छ । असन क्वथुननि बचाउ अभियानले मन्त्री श्रेष्ठलाई सम्बन्धित ठाउँमा निरीक्षण गराएपश्चात् प्रतिवेदन हस्तान्तरण गरेको हो । अभियानले हस्तान्तर गरेको प्रतिवदेन बुझ्दै मन्त्री श्रेष्ठले क्वथुननिको विषयमा आफ्नो ध्यानाकर्षण भएको तथा यसको विषयमा सत्यतथ्य बुझ्ने आश्वासन दिइन् । क्वथुननिमा अहिलेपनि ५ सय वर्ष पुरानो अमिताभ बुद्धको प्रतिमा तथा अन्य थुप्रै पुरातात्त्विक महत्त्वका सामग्रीहरु छन् । सो ठाउँ अशोक वृक्ष बिहारको नामले पनि परिचित छ ।
‘मौलिक सम्पदालाई
गुठीयारहरुले प्रभावमा पारेर छुट गुठीको नाउँमा निजी रैकर उल्लेख गरी
नक्कली पूर्जा बनाएको छ । पछिल्लो केही दसक अघिको अस्थिर राजनीतिको फाइदा
उठाएर सो ठाउँमा मौलिकता बिगारेर व्यावसायिक भवन बनाउने योजना समेत बुनेको छ
।’ अभियानका नमस्ते साय्मि जनाए । वायु देवता गुठी उल्लेख भएको ८ आन दुई
पैसा जग्गामा बनेको घडीघरको नाउँले समेत परिचित सो पुरातात्त्विक महत्त्वको
सम्पदा संरक्षण हुनुपर्ने साय्मिको माग रहेको छ । हुनपनि मौलिक
सम्पदामा निहीत स्वार्थपूर्ति गर्ने उद्देश्यले व्यावसायिक भवन बनाउनको
लागि २५ वर्षको भाडा सम्झौता समेत गरेको बताइएको छ । त्यही भएरपनि
स्थानियबासीले विरोध गर्दै आएको हो । सो विषयमा गुठी संस्थानको नाउँ समेत
जोडिएको छ ।
‘स्थानीय बासिन्दाले मौलिक सम्पदा मासेर व्यावसायिक भवन
नबनाउन माग गर्दै आएको छ । तर माग सुनुवाइ नभएपछि हामीले सम्पदा सम्बन्धिको
सत्यतथ्य विषय मन्त्रीलाई अवगत गराउन क्वथुननिमा निरीक्षण गराएका छौं ।’
स्थानिय सचिव बज्राचायले जनाए ।
एक फरक प्रसंगमा, मन्त्री श्रेष्ठले
काठमाडौंको पुरानो बस्तीभित्रका स्वबासीहरुको अवस्थाको विषयमा समेत चासो
राखिन् । काठमाडौंको सभ्यता संरक्षण गर्दै आएका स्थनियबासीहरुको स्वबासी
पूर्जा सम्बन्धिको समस्या हल गर्ने सम्बन्धमा काम भइरहेको समेत उनले जनाइन्
। त्यसको लागि अधिकार सम्पन्न आयोग गठन गरी स्वबासीहरुलाई लालपूर्जा वितरण
गर्ने बताइन् । कार्यक्रममा वाग्मती प्रदेशकी सांसद समिता खड्गी, उमेश
स्थापित लगायतको सहभागिता थियो ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
