मध्यपुर थिमि । मध्यपुर थिमि भुँलाखेल निवासी ज्योतिष मुकुन्दकृष्ण श्रेष्ठको फलित ज्योतिष दर्पण पुस्तक विमोचन गरिएको छ । ज्योतिष हितराज श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाल ज्योतिष परिषद भक्तपुरका अध्यक्ष केदार प्रसाद जोशीले उक्त पुस्तक विमोचन गरेको थियो । पुस्तक विमोचन गर्दै प्रमुख अतिथि ज्योतिष जोशीले ज्योतिष विज्ञानको महत्वबारे प्रकाश पार्दै गाईजात्रा, जनैपूर्णिमा लगायतका तिथिहरु ज्योतिष विद्याको अकंगणित, तिथि, नक्षत्र, घडी पला अनुसार नै पञ्चाङ्गमा उल्लेख गरिएको तर्क गरे ।
कार्यक्रममा पुस्तकका लेखक ज्योतिष मुकुन्दकृृष्ण श्रेष्ठले पुस्तकमा जन्मदेखि मृत्युसम्मका संस्कारबारे संक्षिप्तमा जानकारी दिइएको बताए । लेखक श्रेष्ठले चन्द्रमास अनि सूर्यमास अनुसार तयार भएर पञ्चाङ्गमा उल्लेखित साइत, गुण, गण अनुसार दैनिक कार्य गर्न सकेमा उक्त कार्यहरु सफल बन्ने ज्योतिषिय मान्यता रहेको जानकारी दिए । देवकार्य, पितृकार्य अनि नित्यपूजा पनि शुभ साइत जुराएर गरिएमा कार्य सफल र प्रभावकारी हुने ज्योतिष श्रेष्ठको धारणा छ ।
कार्यक्रममा सहकारीविद् कैलाशभक्त प्रधानाङ्गले विवाह गर्दा केटाकेटीको नाम अनुसारको चिना मिलाएर गर्दा दाम्पत्य जीवन सुखमय हुने जनविश्वास रहेको बताउदै ज्योतिष विज्ञान भएको धारणा राखे । सुशीला श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा भुवनेश कृष्ण श्रेष्ठले स्वागत र वरिष्ठ अधिवक्ता एवं जनआदर्श क्याम्पसका प्रमुख दुर्गामोहन श्रेष्ठले धन्यवाद ज्ञापन गरेको थियो । कमेरोटार स्थित एभरेष्ट पार्टी प्यालेसमा भएको उक्त फलित ज्योतिष दर्पण पुस्तक सरल अनि जीवनोपयोगी रहेको कार्यक्रमका वक्ताहरुले धारणा राखेका थिए ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
