नगरपालिकाद्वारा निलबाराही गणनाचलाई बाजाहरु प्रदान

0
नगरपालिकाद्वारा निलबाराही गणनाचलाई बाजाहरु प्रदान


मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाको बोदेमा प्रत्येक गुँपुन्हीमा ४ दिन ३ रात निकालिने निलबाराही गणनाचलाई नगरपालिकाले ८ वटा दागं बाजा र १४ वटा पोङ्गा बाजा हस्तान्तरण गरेको छ । बोदेको ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको निलबाराही गणनाचको संरक्षणका लागि नगरपालिकाले उक्त बाजा हस्तान्तरण गरेको जनाएको छ ।

देवगणलाई बाजा हस्तान्तरण गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले यहाँको कला सँस्कृति नगरको सम्पत्ति भएको र यसको संरक्षणमा नगरपालिकाले हरदम सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सदियौंदेखि सञ्चालन हुँदै आएको भैल प्याखँ, महाकाली प्याखँ, निलबाराही द्यो प्याखँ जगेर्ना गर्न, व्यवस्थित गर्न स्थानीयको माग अनुसार नगरपालिकाले सहयोग गर्ने समेत उनको भनाइ छ । नगरपालिकाका उपप्रमुख बिजय कृष्ण श्रेष्ठले मध्यपुर थिमिको मौलिक पहिचान जोगाइराख्न र ऐतिहासिक एवं धार्मिक सास्कृतिक परम्परा कायम राख्न बाजाहरु हस्तान्तरण गरिएको बताए ।

मध्यपुर थिमि वडा नं. ८ र ९ बोदेमा निलबाराही गणनाच गुँपुन्हीको भोलिपल्टबाट चार दिन तीन रात प्रदर्शन गरिन्छ । बोदे द्य प्याखँ जुनसुकै परिस्थितीमा पनि नरोकी लिच्छवीकालदेखी निरन्तर सञ्चालन हुँदैं आएको स्थानीय बासिन्दाको भनाई रहेकोछ ।

यो नाच एक कठिन तान्त्रिक विधानयुक्त नाच भएको र यो नाचमा देवता बनेर निस्कने व्यक्ति घरबाट निस्केदेखि कसैसँग बोल्न नहुने, हावाहुरी र पानीमा कतै ओत लाग्ने, घामपानीबाट बच्न छातासमेत ओढ्न नहुने, तिर्खा लागे पनि पानी पिउन नहुने, थकाइ लागे कहीं बस्न नहुने र बस्नै भर्ने भए जाेंकालुको तिघ्रामा मात्र आसन लगाएर बस्नुपर्ने र दैनिक १४÷१५ घण्टा सम्म निरन्तर नाच्नुपर्ने नियम रहेको छ ।

नगरपालिकाद्वारा निलबाराही गणनाचलाई बाजाहरु प्रदान



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top