मध्यपुर थिमि । ग्लोबल इन्फर्मेसन टेक्नोलोजी सपोर्ट तथा सागर ग्रुपको सहकार्यमा मध्यपुर थिमि न.पा. वडा न. ४, शंखधर चोक स्थित यचु पार्टी भेन्यूसँगैको ग्लोबल आईटिको कम्प्यूटर पसलमा दुईदिने ब्रदरको फ्रि सर्भिस क्याम्प र एक्सचेन्ज शिविर गत भाद्र १२ र १३ गते भव्य रुपमा सम्पन्न भएको ग्लोबल आईटिका प्रोप्राइटर सुन्दर श्रेष्ठले जानकारी दिएका छन् ।
उक्त सेन्टरमा ब्रदरको उत्पादन प्रिन्टरको फ्रि सर्भिस र एक्सचेन्ज अफर अन्तर्गत ब्रदरका उत्पादनहरुको बिक्री वितरण पनि गरिएको थियो । साथै सो शिविरमा ब्रदरका प्रिन्टर लगायतका इलेक्ट्रोनिक्स सामानको बिक्री पछि निःशुल्क रुपमा सर्भिस दिइएको थियो ।
दुई दिन सम्म संचालन भएको उक्त शिविरमा मध्यपुर थिमि नगरपालिकाका नगर उपप्रमुख विजय कृष्ण श्रेष्ठ, वडा न. ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठलगायत विभिन्न सहकारी, कलेज तथा कार्यालयका प्रतिनिधिहरुले उक्त शिविरको अवलोकन भ्रमण गरेको प्रोप्राइटर श्रेष्ठले थिमि टाइम्सलाई जानकारी दिएको छ । साथै उक्त शिविरमा बिभिन्न सहकारी, कलेज तथा कार्यालयमा प्रयोग भइरहेका ब्रदरका उत्पादनहरुको निःशुल्क रुपमा सेवा दिएकोे जानकारी श्रेष्ठले दिए ।¬ उनले आगामी दिनमा पनि यस प्रकारको शिविर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
