भक्तपुर क्यान्सर अस्पताल : संचालनमा व्यापक अनियमितता

0

भक्तपुर क्यान्सर अस्पताल ः संचालनमा व्यापक अनियमितता


भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरलाई स्वास्थ्य क्षेत्रको उत्कृष्ट गन्तव्यस्थलको रुपमा विकास गर्ने सरकारको उद्देश्य भएको बताउँदै भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन तथा सेवा वृद्धि गर्ने विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताएका छनु । भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश परिमार्जन गर्ने विषयमा स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले अस्पतालको व्यवस्थापन पक्षलाई सुधार गरी अगाडि बढ्ने सरकारको लक्ष्य रहेको बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर क्यान्सर अस्पताल नेपाल सरकारले स्थापना गरेको अस्पताल भएको स्पष्ट पार्दै सरकारी अस्पताललाई नेपाल अर्वुद रोग निवारण संस्थाले आफ्नो निजी झै संचालन गरी व्यापक अनियमितता गरेको कारण नगरपालिकाले त्यसको संरक्षण गर्नुपर्ने अवस्था आएको वताउँदै उनले नेपाल सरकारले गठन आदेशमार्फत सरकारको स्वामित्वमा ल्याएकोमा खुशी व्यक्त गर्दै अस्पताल विकास समिति नगर प्रमुखको अध्यक्षतामा गठन भए जनतालाई प्रभावकारी सेवा पुग्ने बतााए ।

नेपाल सरकारको सम्पत्ति गैर सरकारी संस्था (एनजिओ)को बनाउन दिने पक्षमा नरहेको बताउँदैं उनले भक्तपुर क्यान्सर अस्पतालमा विगतमा भएको आर्थिक अनियमिता र भ्रष्टाचार रोक्न नगरपालिकाले पटक पटक प्रयाश गरेको र आर्थिक अनियमितताको सवालमा सचेत गर्दै आइरहेको विचार राखे । 

तत्कालीन भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पतालको भौतिक पूर्वाधार निर्माणमा ५ रोपनी ४ आना जग्गा उपलब्ध गराएको स्मरण गर्दै त्यस पछि पनि नगरपालिकाले थुप्रै आर्थिक सहयोग गर्दै आइरहेका उल्लेख गरे । 

भक्तपुर क्यान्सर अस्पतालमा गरिब जनताले सहज ढंगले स्वास्थ्य उपचार प्राप्त् गरिरहेको बताउँदै उनले भक्तपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै १०० शैय्याको ख्वप अस्पताल स्थापना गरी स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको बताए । उनले नेपाल सरकार बिरुद्ध उजुरी हाल्ने नेपाल अर्वुद रोग निवारण संस्थाले विना शर्त उजुरी फिर्ता लिई अस्पतालको सुविधा प्रबद्र्धनमा सहयोग गर्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले  अस्पतालको विषयमा संघ र स्थानीय सरकारसँग समन्वयात्मक ढंगले अगाडि बढ्ने मनसाय व्यक्त गरे । 

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष एवम् अस्पताल विकास समितिका सदस्य रबिन्द्र ज्याख्वले भक्तपुर क्यान्सर अस्पतालका बेथितिहरुलाई सुधार गर्दै अस्पतालको सेवा प्रवाहलाई गुणस्तरीय बनाउनेतर्फ अस्पताल विकास समितिले काम गर्दै आइरहेको बताए । उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव दिपेन्द्र रमण सिंह, अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटा, नीति योजना तथा अनुगमन महाशाखाका कृष्ण पौडेल, नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय महासचिव विमल हाडा, संस्थाका बद्री बस्नेत, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक विष्णुदत्त पौडेल, भक्तपुर क्यान्सर अस्पतालका डा. उज्ज्वल चालिसेलगायतले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन तथा चुनौतीहरुबारे आआफ्नो धारणा राखेको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top