मध्यपुर थिमि । सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना जेष्ठ सदस्यहरुको सम्मानमा कुशे औंसीको अवसर पारेर संस्थाकै भवनमा सम्मान सहित सगुन तथा पोषण बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सहकारी बिज्ञ तथा नेफ्स्कुनका पूर्व अध्यक्षसमेत रहेका कैलाशभक्त प्रधानांगले कार्यक्रमको उद्घाटन गर्दै जेष्ठ नागरिकको सम्मानमा उस प्रकारको साँस्कृतिक कार्यक्रम कमै मात्र हुने गरेकोमा सिद्धार्थ साकोसको जेष्ठ नागरिक प्रतिको सामाजिक दायित्व अन्तर्गत यस प्रकारको साँस्कृतिक कार्यको प्रशंसा गर्दै अग्रजको सम्मानले हामी सबैको जीवनशैली सफल हुने र आफूले चिताएका सबै कुराको परिपूर्ति हुने बताए ।
साथै स्वस्थ र सफलताको लागि सामाजिक जीवनमा जेष्ठ नागरिकसँगको सामिप्यता अपरिहार्य रहेको बताए ।
कार्यक्रममा संस्थाका जेष्ठ नागरिकहरुलाई नेवारी परम्परा अनुसार सगुनबाट सम्मान गरिएको थियो भने पोषण पनि बितरण गरेको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा चाणक्य कलेज अफ म्यानेजमेन्टका अध्यक्ष तथा मध्यपुर थिमि नगरपालिकाका पुर्व नगर उपप्रमुख चन्दनकृष्ण श्रेष्ठ र संस्थाको निवर्तमान अध्यक्ष रमेश श्रेष्ठले आफ्ना विचार राखेको थियो । कार्यक्रम संस्थाका सदस्य चन्द्रकृष्ण श्रेष्ठ (गोपाल) संचालन गरेको थियो ।





%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
