बालकुमारी साकोसको २४ औ स्थापना दिबस भब्य रुपमा सम्पन्न

0



मध्यपुर थिमि । २८ जना युवाहरुको सक्रियतामा २०५७ असोज २ गते स्थापना भऐको बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड उत्कृष्ट सहकारीको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । ७ लाख पुंजीबाट शुरु भएको सहकारीमा आज करिब पाचं हजार पांच सय ५१ जना सदस्यको कुल १३ करोड ५० लाख शेयर पुंजी रहेको र कुल १ अरब ९२ करोड ८० लाख १० हजार ७ सय १९ रुपियाको कुल कारोबार गर्न सफल भएको छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नतिको लागि सहकारिताको भावनालाई जगाऊ भन्ने मुल नारा रहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २४ औ स्थापना दिबस भब्य रुपमा मनाएको छ ।

सहकारीको स्थापना दिबसको अवसरमा आयोजित कार्यक्रम बोल्र्दै संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति तुइलाल श्रेष्ठले स्थानिय बासिन्दाको छरिएर रहेको पुंजि संकलन गरी सदस्यहरु कैे आर्थिक बिकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित सहकारी सम्पुर्ण सदस्यहरुको माया, बिश्वास र भरोसाको कारण आजको अबस्थामा पुगेको बताउँदै समुदायमा आधारित सहकारीहरुमा कारोबार गरेमा बचतकर्ताहरु सुरक्षित रहेने बताए ।

बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सामाजिक उतरदायित्व अन्तर्गत थुप्रै कामहरु गरेको जानकारी दिदै अध्यक्ष श्रेष्ठले बालकुमारी बिष्णुबिर बन क्षेत्र अन्तर्गतको बनदेवी मन्दिरमा पाटीको निर्माण, बिष्णुबिर क्षेत्रमा बृक्षरोपण, मध्यपुर क्षेत्रमै पहिलो शबबाहनको ब्यबस्था, लायकु भैल तथा स्थानिय भजन खलहरुलाई सहयोग गरेको बताए ।

सहकारीलाई अझै उत्कृष्ट र गतिशिल बनाई राख्न बितिय साक्षरता कार्यक्रम, तालिम तथा स्वास्थ्य शिबिर जस्ता कार्यक्रमहरु निरन्तर संचालनमा रहेको भन्दै उनले सहकारीहरु समस्या ग्रस्त हुदा बचतकर्ताहरु बचत फिर्ता नपाएर समस्यामा परेको भन्दै समुदायमा आधारित सहकारी एन अनुसार चलेका सहकारीहरु समस्यामा नरहेको बताए । नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त स्थापना दिबस कार्यक्रर्मको संचालन साकोसका सचिब पृथ्बीराम श्रेष्टले गरेका थिेए ।

साथै संस्थाले स्थापना दिवसको अवसर पारेर गत शनिवार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । सो रक्तदानमा १०४ जनाले रक्तदान गरेका छन । शंखधरचोक स्थित शंखधरको प्रतिमा स्थल परिसरमा आयोजित उक्त रक्तदान कार्यक्रममा ८३ पुरुष र २१ महिला गरी १०४ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत खुल्ला रक्तदान आयोजना गरिएको उक्त रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले प्राविधिक सहयोग गरेको थियो । रक्तदातालाई प्रमाणपत्रका साथै एक एक थान टिसर्ट प्रदान गरेर सम्मान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top