नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु

0

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु


भक्तपुर । मध्यपुर थिमि नगरपालिकाबाट सञ्चालन भैरहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा सुचारु भएको छ । विगत लामो समय देखि अस्पताल स्थापना भएको १५ वर्ष पुगेको अवसरमा उद्घाटन भई लामो समय सुचारु ह्ुन नसकेको सिटि स्क्यान भारतबाट प्राविधिकहरुको टोली आएपछि सञ्चालनमा आएको हो । सो मेशिन संचालनको लागि प्राविधिक सेटिङ सम्पन्न गरेपछि अब सेवा सुचारु हुने अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालमा सिटी स्क्यान सञ्चालन भएसँगै बिरामीहरुले थप गुणस्तरिय सेवा प्राप्त गर्ने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए । उनले मेसिन जडान गर्न र प्राविधिक सेटिङका लागि समेत भारतबाट जनशक्ति मगाउनु पर्ने अवस्थाले सिटी स्क्यान सञ्चालनमा केही ढिलाई भएपनि उत्कृष्ट स्वास्थ्यकर्मी र प्राविधिकसहितको टोलीले गुणस्तरिय सेवा दिने व्यवस्थासहित सिटी स्क्यान सञ्चालनमा आउने जानकारी दिएका छन् ।

“नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सञ्चालनमा आएको सिटी स्क्यानले अस्पतालमा आउने बिरामीले थप गुणस्तरिय सेवा प्राप्त गर्नेछ,” उनले बताए ।

सिटी स्क्यान सञ्चालनको निरिक्षणको क्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिका सदैब आम जनताको गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिवद्ध रहेको जानकारी दिए । उनले अस्पतालको यो उपलब्धीले मध्यपुर थिमिका बासिन्दा मात्र होइन सिंगो भक्तपुर र आसपासका जिल्लाका नागरिकले समेत सहुलियत दरमा गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

अस्पतालका कार्यकारी निर्देशक डा. डि.के रौशनले बुधवारबाट सिटी स्क्यान नियमित रुपमा सञ्चालनमा आउने जानकारी दिए । “सिटी स्क्यान जडान भएपनि केही प्राविधिक कारणले सञ्चालन हुन सकेको थिएन । अब सबै प्राविधिक काम सम्पन्न भइसकेको छ । आज परिक्षणका रुपमा केही बिरामीको सिटी स्क्यान ग¥र्यौ । अब बुधवारबाट नियमित रुपमा सञ्चालन हुन्छ,” उनले बताए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top