तालिबान चर्चित फुटबलर रोनाल्डोलाई भेट्न चाहन्छ !

0

तालिबान चर्चित फुटबलर रोनाल्डोलाई भेट्न चाहन्छ !


एजेन्सी । आतंकवादी संगठनबाट अफगानिस्तानको शासक बनेको तालिबान अब विश्वका चर्चित फुटबलर रोनाल्डोलाई भेट्न चाहन्छ । तालिबान लडाकुहरुको अवस्था यस्तो छ कि उनीहरु लडाई छोडेर रोनाल्डोको खेल हेर्न थालेका छन् । तालिबानी लडाकुहरुको यो माया देखेर तालिबान प्रशासनका जनसम्पर्क निर्देशकले फेसबुक मार्फत रोनाल्डोलाई पत्र लेखेका छन् । चाखलाग्दो कुरा त के छ भने, जनसम्पर्क निर्देशक मुल्ला मसूदले यो पत्रसँग आफ्नो कार्यालयको फोटो पनि संलग्न गरेका छन्, जसमा उनी ठूलो बन्दुक र हतियार लिएर बसेका छन् ।

पत्रमा के लेखिएको थियो ?

रोनाल्डोलाई लेखिएको उक्त चिठ्ठीमा भनिएको छ, ‘सलाम भाइ रोनाल्डोलाई स्वागत छ, तपाईसँग जोडिन पाउनु सम्मानको कुरा हो । मेरो नाम मुल्लाह मसूद हो र म तालिवानको जनसम्पर्क निर्देशक हुँ । हामी आशा गर्दछौं कि तपाइँ एक दिन हाम्रो गौरवशाली राष्ट्र भ्रमण गर्न सक्नुहुन्छ । किनभने हाम्रा धेरै लडाकुहरूले तपाईंलाई प्रशंसा गर्छन् । हामीले लडाइँ बन्द गर्यौं र धेरै खेलहरूमा तपाईले खेलेको हेर्यौं । तपाईं निश्चित रूपमा त्यो समलिङ्गी बौना (अर्को खेलाडीको नाम) भन्दा राम्रो हुनुहुन्छ । कृपया मिडियालाई बेवास्ता गर्नुहोस्, तपाईं अफगानिस्तानमा धेरै सुरक्षित हुनुहुनेछ । तपाई जहाँ जानुहुन्छ, म व्यक्तिगत रूपमा तपाईलाई साथ दिनेछु । तिमीलाई कसैले छुन सक्नेछैन । म तपाईलाई हाम्रो सर्वोच्च नेताकहाँ पनि लैजान सक्छु जो तपाईलाई भेट्न धेरै इच्छुक छन् । कृपया मलाई सम्पर्क गर्नुहोस् र म तपाईंको भ्रमणको लागि सबै व्यवस्था गर्नेछु । धेरै धेरै धन्यवाद भाइ ।’

रोनाल्डोको फ्यान पेजमा लेखिएको पत्र

तालिबानका जनसम्पर्क निर्देशकले थाहा नपाई रोनाल्डोको नाममा बनाइएको फेसबुक पेजमा यो चिठी लेखेका थिए, जुन वास्तवमा फुटबलरको नभई उनका एक फ्यानको हो । चाँडै त्यो पृष्ठमा तालिवानको खिल्ली उडाउन थाल्यो । तालिबानका जनसम्पर्क निर्देशकलाई उपहासको बारेमा थाहा हुने बित्तिकै उनले तुरुन्तै आफ्नो गल्ती सच्याए र लेखे, ’माफ गर्नुहोस् दाजुभाइ दिदीबहिनीहरू । यो फ्यान खाता हो, वास्तविक रोनाल्डोको होइन । यो हाम्रो तर्फबाट गल्ती थियो, यो फेरि हुने छैन । उनको वास्तविक खाता २ क्रिस्टियानो हो । हामी आशा गर्छौं कि कुनै दिन उहाँले हामीलाई सम्पर्क गर्नुहुनेछ ।

रोनाल्डोलाई विश्वकै धनी खेलाडीमा गनिन्छ

क्रिस्टियानो रोनाल्डोले १८ वर्षको उमेरमा आफ्नो देशको टोलीमा स्थान बनाएका थिए । त्यसपछि उनले धेरै देशका निजी लिग खेले । फुटबल जगतमा उनको प्रभुत्व छ । उनी विश्वका धनी खेलाडीमा गनिन्छन् । उनको सम्पत्ति ५० करोड डलर रहेको बताइएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top