नेपाल इको प्यानललाई ट्रेडमार्क दर्ता प्रमाणपत्र प्राप्त

0

काठमाडौं । नेपाल इको प्यानल प्रालि नेपाल सरकारले दिने ट्रेडमार्क दर्ता प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । इको प्यानललाई नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग त्रिपुरेश्वर काठमाडौबाट दिइने ट्रेडमार्क दर्ता प्रमाणपत्र प्राप्त भएको हो ।

पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफ १८ बमोजिम श्री इको प्यानल नेपाल प्रालि चाँंगुनारायण नगरपालिका वडा नं २ भक्तपुर नेपालले वर्ग १९ अन्तर्गत प्रमाणपत्र दिइएको उद्योग विभागको पत्रमा उल्लेख गरिएको छ । प्रमाणपत्रको अवधि सात वर्षको रहने प्रमाणपत्रमा जनाइएको छ । त्यसपछि पुनः नवीकरण गर्नुपर्ने पनि त्यसमा उल्लेख गरिएको छ ।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवालले नेपाल इको प्यानलले क्रमशः लोकप्रियता कमाउँंदै गएसँंगै ट्रेडमार्क दर्ता प्रमाणपत्र प्राप्त हुन सफल भएको बताए । उनले इको प्यानलका निर्माण सामाग्रीहरु देशैभरि विक्रीवितरण थालेको जानकारी पनि गराए । नेपाल इको प्यानल निर्माण सामाग्रीको क्षेत्रमा अग्रस्थानमा रहेको निर्माण सामाग्री भएको उनले उल्लखे गरे ।
नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म डिलरहरुमार्फत यसले आफनो उत्पादन देशैभरि विक्रीवितरण गर्दै आएको छ । हलुका, भूकम्पप्रतिरोधी, तीव्र निर्माण सम्भब हुनलगायतका अनेक विशेषताले यो निर्माण सामाग्रीले लोकप्रियता कमाउँदै आएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top