पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ मा भक्तपुर आउने

0

पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ मा भक्तपुर आउने


भक्तपुर । पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते (पर्सि) भक्तपुर दरवारमा रहेको प्रसिद्ध तलेजु भवानी र टौमढी टोलस्थित भैरवनाथ मन्दिरको दर्शन गर्न आउने भएका छन् । पूर्वराजाको धार्मिक देशाटन भव्य र उल्लासमय बनाउन तथा उनको स्वागत, सत्कार गर्नका लागि इतिहासका जिज्ञासु एवं समाजसेवी अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा एक समिति गठन गरिएको छ । पूर्वराजा असोज ७ मा भक्तपुर सवारी हुने जानकारी दिँदै समितिका संयोजक धौभडेलले उनको भक्तपुर भ्रमणलाई विशेष महत्व र प्राथमिकता दिएको रफत सञ्चार क्लब भक्तपुरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

संयोजक धौभडेलले भने, “विश्व राजनीति एवं वर्तमान नेपालको राजनीति र भौगोलिक अवस्थालाई ध्यान दिँदै “राजा सबैको साझा” भन्ने भावनालाई मूर्तरूप दिन भक्तपुर भ्रमण कोशेढुंगा सावित हुनेछ ।” उनले पूर्वराजाको ऐतिहासिक एवं सांस्कृतिक नगर भक्तपुरको भ्रमण वर्तमान परिस्थितिमा राजसंस्थाको महत्व र आवश्यकता झनै उजागर हुँदै गएको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा समितिका सदस्यसचिव रामेश्वर थापाले स्वागत समारोह समिति कुनैपनि राजनीतिक एवं संगठनको रङको नभई विशुद्ध रूपमा सम्पूर्ण भक्तपुरवासीको प्रतिनिधित्व गर्दै गठन भएको प्रस्ट पारे । पूर्वराजाको भक्तपुर भ्रमणमा स्थानीय कला, संस्कृति झल्कने परम्परागत शैलीमा स्वागत, सत्कार गरिने भएको छ । साथै साही दिन भक्तपुरको सल्लाघारीस्थित होटल ग्रिनल्यान्डमा पूर्वराजासँग देशको समसामयिक विषयमा सर्वसाधारणलगायत सञ्चारकर्मीहरूले अन्तरसंवाद गर्न सक्ने जानकारी संयोजक धौभडेलले जानकारी दिए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top