नयाँवर्ष ११४४ को शुभारम्भ पारुदेखि सरकारी कागजातमा नेपाल संवतको प्रयोग

0



काठमाडौं । सरकारले नयाँवर्ष ११४४ को शुभारम्भ पारुदेखि सरकारी कागजातमा नेपाल संवतको प्रयोग गर्ने भएको छ । सोमबार विहान बसेको मन्त्रिपरिषदको बैठकले मंगलबार पारुबाट सबै सरकारी कागजातमा नेपाल संवत् प्रयोग गर्ने निर्णय गरेको हो ।

नेपाल संवत् ११४४ को उपलक्ष्यमा सबै नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्ने । नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्समेत उल्लेख गर्ने’ मन्त्रिपरिषद्को बैठकको निर्णयमा छ । 

नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएकाले यसलाई सरकारी प्रयोजनमा ल्याउनुपर्ने माग हुँदै आएको थियो । त्यही मागलाई सम्बोधन गर्दै सरकारले मंगलबारदेखि विक्रम संवत् लेखिने सबै कागजातमा नेपाल संवत् पनि राख्ने निर्णय गरेको हो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top