प्रस्तोता - दैवज्ञ कीर्तिमदन जोशी
नेपालमण्डलमा उहिल्यैदेखि नै ज्यादै प्रचलित, अतिप्रशंसनीय एवं ऐतिहासिक सत्यापनानुसार ज्योतिषीय स्वर्णाकर्षण सुवर्णसिध्दि ग्रन्थ अध्ययन गरि सुवर्णकारमुहूत्र्तमा झिकिएको बालुवा सुनमा परिणत भै प्राप्त भएको स्वर्णद्रब्यबाट जनताका ऋण मोचन भै नयां नेपालसंवत् प्रचलन भएका विषयमा यदि खोजमूलक सत्य तथ्य प्रस्तुत गर्ने हो भने भक्तपुरका उसबेलाका लिच्छवि राजा आनन्ददेवका राजज्योतिषी सिद्धिवंत जोशी नै नेपालसंवत्का सत्करणीय ऐतिहासिक महादिव्यपुरुषको भूमिका सबैभन्दा अग्ररुपमा देखा पर्दछ। प्राचीन ऐतिहासिक नगर भक्तपुरको तेखाच्वः निरकोे तेखाःपुखु इताछें निवासी सामुद्रिकज्योतिषी समेत रहेका दैवज्ञ सिद्धिवंत जोशी नै राजा आनन्ददेवका राजज्योतिषीका रुपमा रहेको र उहांले नै तत्कालीन समयमा कान्तिपुरको कंगअजिमा निरको निधानतीर्थ पनि भनिने पुण्यदायी लुंखुतीर्थमा नक्षत्रादि ज्योतिषीय स्वर्णाकर्षण गणनाविधिव्दारा विशेष शुभमुहूर्तमा बालुवा लिएको खण्डमा सो सुनमा परिणत हुने ज्योर्तिविज्ञानसम्मत स्वर्णाकर्षण शुभसाइत(मुहूत्र्त) राजा आनन्ददेवलाई जानकारी गरार्इंदा सो बमोजिम बालुवा लिन उक्त स्थानमा राजाले पनि ज्यामीहरु पठाएका थिए। यदि राजदैवज्ञ सिद्धिवंत जोशीले आफ्नो अपार ज्योर्तिगणित एवं सामुद्रिकज्ञान, शीप र अध्ययनले आर्जन गरेको अव्दितीय विवेकपूर्ण उचित समयलाई बुद्धिमत्तापूर्वक उपयोग र उपभोग गरेर सुबर्णसिद्धिग्रन्थ अनुसारको विशेष तिथ्योदय, नक्षत्र, लग्नादिले पूर्ण शुभमुहुत्र्त साइतमा यकीनकासाथ बालुवा लिन पठाउने कार्य वा उद्योग नगरेको भए सायद् स्वर्णधन प्राप्त गर्ने अवस्था, अवसर जो कोहीलाई पनि हुंदैनथ्यो र देशमा प्राचीन नेपालसंवत् हुंदाहुंदै सम्भवतः नयां नेपालसंवत्को प्रादुर्भाव पनि हुदैनथ्यो होला। सामुद्रियकज्ञान समेत रहेका ज्योतिषी सिध्दिवंत जोशीको कुलघर भक्तपुर दत्तात्रय मन्दिर पछाडि वचु टोल सूयमढीमा उहांको नाम्मा सत्तलपाटी फल्चा पनि रहेको भन्ने छ। उहांका सन्तान दरसन्तान हालमा पनि भक्तपुर, ललितपुर, पोखरा, मध्उपुर थिमी, कुश्मा पर्वत लगायत मुलुकका विभिन्न स्थानमा बसोवास गरि रहेका पाइन्छन्।
राष्ट्र्कोलागि अमूल्य योगदान गर्ने राजज्योतिषी सिद्धिवंत जोशी वारे हालसम्म पनि कुनै तरहले प्रचारप्रसार भएन र उहांलाई अन्यायपूर्वक ओझेलमा राख्नु तथा उहांबाट भएका परिश्रम र उद्योगले नै राष्ट्र्ले प्राप्त गरेको मौलिक गुणलाई उजागर गर्न कन्जुस्यांइ भैरहनु कदापि उचित मान्न सकिंदैन। सरकारले पन्ध्रवर्षअघि नै नयां नेपालसंवत्लाई राष्ट्र्यिसंवत्का रुपमा मानिसक्दा पनि पात्रो बनाउन आपूm मातहतका सम्बन्धित निकायलाई आदेश दिन सकिरहेका छैनन्। लोकतन्त्र, गणतन्त्र, दुईतिहाइ, आदि सबै प्राप्त भैसक्दा पनि वर्षौ वर्ष ठूलठूला भाषण दिएर नथाक्ने सरकार प्रमूखहरुको नियतमाथी शंका हुनु कदापि उचित होइन र सर्वसाधारणमा सरकारको भनाई र गराईमा भिन्न छ भन्ने सन्देहको मौका दिनु पनि ठीक होइन। अर्को कुरो, अगुवा नै हगुवा भने भैंm नेपालसंवत्का अभियन्ताहरु नेपालसंवत्को वकालत गर्दागर्दै यसलाई ईस्वीसंवत्तर्फको गन्तव्यमा पुग्ने भरेंग बनाउन खोजिरहेको हो भने सो सरासर राष्ट्र्यिता माथी कुठाराघात र बेइमानी नै हुन्छ भन्ने तर्फ पनि हेक्का राख्नु जरुरी हुन्छ। करीव ७० वर्षका राजज्योतिषी सिद्धिवंत जोशी जस्ता महापुरुष जन्मनु भएको नेपालभूमिमा यदि कसैलाई नेपालसंवत्को पञ्चांग पात्रो निर्माण गर्न सकिन्छ कि सकिंदैन वा यो सवंत् प्रयोगमा ल्याउन सकिन्छ कि सकिंदैन भन्ने विचार गरिंदा उहांको आराधना र संस्मरणले पनि सरल तरिकाले दैनिकीमा कुनैपनि व्यवधान नहुने गरी चान्द्रमासकै आधारमा दिनांक सहित नेपालसंवत्को पञ्चांग पात्रो निर्माण गर्न सकिने बताएकोले पद्मरत्न तुलाधर र कमलप्रकाश मल्ललाई सोको तयारी मस्यौदा प्रतिहरु वि.सं.२०५२ सालमा मेरो बुबा राजज्योतिषी कीर्तिब्रह्मानन्द जोशीले उहांहरुलाई ललितपुर ज्वागल कोपुण्डोल घरमा बोलाएर दिएको थियो।
त्यसबखतको स्थिति मनन् गरिंदा यो नयां नेपालसंवत्को प्रचलन पूर्णतया राजनैतिक, सांस्कृतिक एवं आर्थिक परिवर्तनका संवाहक पनि हुनसक्छन् किनकि, राजा मानदेव जस्ता अति प्रभावशाली राजाको पालामा उनकै बंशका राजा बहाल रहेकै अवस्थामा संवत् परिवर्तन हुनु कुनै चानचुने कुरा होइन र जनताको योगदानको चर्चा विना राजा राघवदेवले पशुपतिनाथमा संवत् चढाउनु तथा अन्य विस्तृत विवरण इतिहासमा अभिलेखन् नहुनु पनि त्यसबेलाका राजनैतिक षड्यन्त्रका पराकाष्ठा पनि हुनसक्छन्। विश्वमा मुलुकको नामबाट प्रतिष्ठापित संवत् हाम्रै देश नेपालमामात्र रहेकोले यो नेपालसंवत् नै सम्पूर्ण नेपाली जनताको आफ्नो मौलिकसंवत् हुन्, जसले हाम्रो राष्ट्र्यि गौरव बोकेको पनि छ। नेपालसंवत्को ऐतिहासिक मौलिकता र महत्तामाथि कसैले शंका गर्ने ठा“उ नरहे जस्तै यो संवत् कुनै जाति, भाषा, वर्ग वा धर्मसंग सम्बन्धित होइन भन्ने तथ्य पनि सर्वमान्य भइसकेकोले यो संवत्लाई ओझेलमा पार्नु भनेको नेपालको आफ्नो मौलिकतालाई उपेक्षा गर्नु हो, कारण सम्पूर्ण नेपालीको निधि, धर्म र सभ्यसंस्कृति र नेपालसंवत् विना नेपालको इतिहास पूर्ण हुनेछैन। अतः यो नेपालसंवत् प्रचलनमा आएपछि यसको गुणले भविष्यमा विश्वसंवत् समेत हुनसक्ने प्रवल संभावना पनि बोकेको छ।
लिच्छविकालका रघुवंशी वा सूर्यवंशी राजा मानदेवका ज्येष्ठपुत्र राघवदेव कान्तिपुरमा, माहिलोपुत्र जयदेव ललितपुरमा र श्रीरघुवंमौक्तिकमणि वा सूर्यकुलप्रदीप भनिएका कान्छापुत्र आनन्ददेव भक्तपुरमा राज्यसंचालन गरिरहंदा मानवसमाजको अन्तिम लक्ष्य सत्ययुगको प्रादुर्भाव गर्ने परिकल्पनालाई साकार पार्न ज्योतिषशास्त्रमा सिद्धि प्राप्त गरेर सुबर्णाकर्षणविधिव्दारा सुबर्णसिद्धिग्रन्थ निर्माण गरेका भक्तपुर राजदरवारका राजदैवज्ञज्योतिषी सिद्धिवन्त जोशीले आफ्नो सुबर्णसिद्धि(मुहूर्तग्रन्थ अध्ययन गरी स्वर्णाकर्षण सामुद्रिकशास्त्र विधिविधानले युक्त गराई ब्रह्ममुहूत्र्त उषाकाल लग्नादि विशेष शुभ(मुहूर्तमा विष्णुमती र भद्रमतीको दोभानमा रहेको लुंखुतीर्थको बालुवा लिएको चौंथोतिथि (दिन)मा सुन हुने कुरा राजा आनन्ददेवलाई जाहेर भए अनुसार सोहीबमोजिम कौलाथ्व एकादशी सोमवार चारजना ज्यामीहरुलाई उक्त ब्रह्ममुहूत्र्तकालको शुभसाइतमा बालुवा लिने गरी उक्त तीर्थस्थल दोभानमा पठाए।
त्यसरी ब्रह्ममुहूत्र्त उषाकालको बिहान सवेरै भरियाहरुले लुंखुतीर्थमा बालुवा लिईरहंदाको बेला मौकामा स्नान् गर्न आएका कान्तिपुर क्वथुछेंका स्थानीय चूनव्यापारी शंखधर सख्वाःले केही ब्यक्तिले भक्तपुरे भाषामा खास्खुस् कुरा गरिरहेको सुनी कुराकानीको स्वर, स्वभाव, लय् र भाषा थाहा पाएर भक्तपुरदेखि याहांसम्म अंध्यारो मै बालुवा लिन आउनुमा शंका गरी केहि कारण अवश्य हुनुपर्छ भन्ने सोचेर जे जस्तो भएपनि उक्त बालुवा आपूmकाहां राख्न लगाउने सोचेर ती ज्यामिहरुलाई अनेक तरहले रिझाइ बिहानको चमेना कौलाख्वाउने र पैसा समेत दिएर साइतमा लिएको बालुवा आपूmकाहां राख्न लगाई राजदरवारकोलागि बेसाइतको अर्को बालुवा लिन लगाई भक्तपुर दरवार पुर्याउन पठाएकोमा चारदिन बित्दा पनि पछिल्लो बालुवा सुनमा परिणत नभएको राजज्योतिषी सिध्दिवंत जोशीले जानकारी पाउंदा उनका मन खिन्न भई धेरै वर्षसम्म परिश्रम गरी निश्चय मानी ठहराई ग्रन्थानुसार पठायाकोमा यस ग्रन्थले मलाई बहुतै शरम पार्यो, ग्रन्थ भूmठ रहेछ भनी दिक्क भै सुवर्ण आकर्षणका ग्रन्थलाई आगोमा जलाइदियो।
उता राजदरवारमा बालुवा बोकेको खर्पन (खःमूः)मा भने सूनका कणिकाहरु देखिएका कारणले समेत ती ज्यामीहरुलाई सख्त सोधपूछ, केरकार हुंदा शंखधर सख्वाः भन्ने ब्यक्तिले पहिला झिकेको बालुवा लगेको बताएपछि सख्वाःको घरको बालुवा चौंथोदिनमा सबै सुवर्णसिद्ध भएको सबै सत्यबृत्तान्त राजालाई थाहा भै राजा आनन्ददेवले आफ्ना दाजु कान्तिपुरका राजा राघवदेवलाई सोही अनुसार खबर गरिंदा एकजना चूनाव्यापारी शंखधर सख्वाः भन्ने बनियाले अकस्मात् सुनको कारोवार समेत गरेको गुप्तचरीबाट थाहा लाग्दा नीजलाई राजकोषमा दाखिला हुनुपर्ने स्वर्णद्रव्य हिनामिना गरेको आशंकामा केरकार गरिंदा सबै कुरो प्रस्ट भएपछि राजकोष द्रब्य हिनामिना गरेको आरोपमा आठपहरियाव्दारा पक्राउ भै कौलागा नरकचतुर्दशीप्रऔंसी लक्ष्मीपूजाका दिन बिहान नगरभरी झ्याली समेत पिटाई दिउंसो हनुमानढोका परिसरमा रहेको महादेवपार्वती देखिने झ्याल रहेको योगिनी मन्दिरको दबुलीमा राजकोषमा दाखिला हुनुपर्नेे स्वर्णधन लिई कारोवार गरेको अभियोगमा सख्वाःलाई पक्राउ भई सुलिमा चढाउने दण्ड संजायको निमित्त उपस्थित गराउंदा राजाज्ञा बमोजिम महानायकले नीज सख्वाःलाई आफ्नो अन्तिम इच्छा सोधिंदा दुईवटा कुरो मांग गरे।
पहिलो मांग अनुसार यस स्वर्णद्रब्य धनबाट लोककल्याण हेतु सकलजनको सम्पूर्ण ऋणमोेचन गर्नुपर्ने र दोश्रो मांगमा आफ्नो नामबाट नयां संवत् स्थापना गरेर चलाउनु पर्ने थियो। ब्यापक छलफल पश्चात् पहिलो मांगको हक्मा तत्कालै राजालाई मान्य भएको, तर दोस्रो मांगको हक्मा प्रजाको नाम्मा संवत् चलाउन नसकिने र सो राजाको नामबाट मात्र हुने राजाज्ञा सख्वाःलाई मान्य नभई विवाद भयो। उक्त डबुलीमा उपस्थित दरवारका अन्य भारदारहरुको रायसुझाव मांगिदा भविष्यद्रष्टा राजज्योतिषी सिध्दिवंत जोशीले मुलुकको नामबाट संवत् फिराएमा देश र सकलजनको कल्याण हुने दूरदर्शी एवं मनन्योग्य मध्यम मार्ग सुझाव दिएकोलाई राजा राघवदेव र शंखधर सख्वालाई समेत उचित लागेकोले चित्त बुझाई सबैलाई मान्य भएको हुंदा देशको नामबाट संवत् चलाउने सिलसिलामा प्रचलित संवत्सर एवं ज्योतिषशास्त्रानुसार चान्द्रऋतु, चान्द्रवर्ष, चान्द्रमास, चान्द्रतिथिले कार्तिकादि कार्तिकशुक्ल प्रतिपदा कच्छलाथ्व पारुबाट वर्षारम्भ गर्ने र आश्विनकृष्ण आमै औंसीमा मासान्त हुने अर्थात् अमान्तमानानुसार वर्षान्त गर्ने गरी अंशुवर्माकालदेखि मानदेवसम्म प्रचलित वर्ष ३०४, कलिगतवर्ष ३९८१, वि.सं.९३७, ईस्वीसन् ८७९ कार्तिकशुक्ल प्रतिपदातिथि तद्नुसार शकसंवत् ८०१ चलिरहंदा श्रीपशुपतिनाथमा यो संवत् चढाएर नञा नेपालसंवत् १ प्रतिष्ठापित गरेर संवतारम्भःको घोषणा सहित सख्वाःलाई राजकीय सन्मान गरिएको पाइन्छ। कार्तिमहात्म्यकालमा योगसिद्धिव्दारा राजज्योतिषी सिद्धिवंत जोशीले शरदविषुव जुन वेदांगज्योतिषकालमा कुष्माण्डनवमीभै पछि कृत्तिकानक्षत्र, तुलासंक्रान्ति र कार्तिकशुक्ल प्रतिपदामा स्वर्णाकर्षणविधिबाट निकालेको सर्वश्रेष्ठ मुहूत्र्त सुबर्णसिद्ध साइतमा नै सत्ययुगको प्रादुर्भाव भई नेपालसंवत् प्रादुर्भाव भए ।
नयां नेपालसंवत् प्रचलनमा आउनु अघि उत्तरप्रचीनकालमा पनि प्राचीन नेपालसंवत् थिए, जुन दक्षिण भारतको मालवसंवत् अनुसार कार्तिकशुक्ल प्रतिपदाबाट भई अमान्तमा मासमा पूर्ण हुने गर्दथ्यो भने त्यतिखेर गुजरातको पञ्चैबाजा समेत नेपालमा प्रचलनमा आए। तर, उत्तर भारतको निकतताले आरम्भमा कार्तिकादिबाट शुरु वत्सरारम्भलाई शकहरुमाथि मालवगणको विक्रमादित्यले विजय हासिल गरे पश्चात् स्मारकस्वरुप सत्ययुग वा कृतवर्ष मालववर्ष वा मालवगणवर्ष समेत भनिने विक्रमसंवत्लाई राशिमा समाविष्ट गराई चैत्रशुक्ल प्रतिपदाबाट गणना गरी पूणिमान्तमा मास पूरा हुने गरी चान्द्रवर्ष प्रचलनमा ल्याए भने मेषसंक्रान्ति अर्थात् वैशाखसंक्रान्तिबाट मीन वा चैत्रमसान्ततकको सौरवर्ष राशिगत रुपमा भित्रिए। उसबेला नेपालसंवत्को व्यापकता र लोकप्रियता बढेको कारण नेपालसंवतलाई विभिन्न धर्मावलम्बीहरले आआफ्ना धर्म देवताको नामले पुकार्न थाले। शैवमार्गी हिन्दूहरुले यसलाई पशुपति भटृारक संवत्सरको संज्ञा दिए भने बौद्ध धर्मावलम्बीहरुले यसलाई स्वयम्भूसंवत् नामले पुकारे भने चीनका बादशाहले यसलाई महाचीनाब्द नामले प्राचीन नेपालसंवत् व्यवहृत भएको पाइन्छ। प्राचीनकालीन नेपालसंवत् गणना गर्दै जाने हो भने देशको नाममा संस्थापित नेपालसंवत् लगभग करिव ८००० वर्षभन्दा पुरानो देखिन आउंछ जुन अनुसन्ध्यमा छ। नयां नेपालसंवत् १ अर्थात् वि.सं.९३७ देखि नेपालको इतिहासमा मध्यकाल शुरु भएको मानिन्छ र यसैवेला ज्योतिषग्रन्थमा असाध्य प्रचलित सुमतितन्त्रमा नेपालमा अघिदेखि प्रचलित संवत्हरुको उल्लेख भएको पाइन्छ । त्यसमा शकसंवत् ४९८ देखि चलेको संवत् ३०४ वर्षसम्म चल्यो र त्यसपछि अर्को नयां संवत् नेपालसंवत् चल्यो भन्ने छ, जस्मा नेपालसंवत्को प्रादुर्भाव एवं प्रचलनमा राजज्योतिषी सिद्धिवंत जोशीको संलग्नता र अहं भूमिका रहेको सुस्पष्ट छ। तर, हाल प्रचलित पात्रोमा शकसंवत्लाई राजा र विक्रमसंवत्लाई मन्त्री मान्ने परम्पराले नेपालसंवत्को प्रतिष्ठा रहेको देखिंदैन।
ज्योतिषी कृष्णराज जोशीका अनुसार नेपालसंवत् वर्ष प्रविष्ट हुंदा बखत सूर्यदक्षिणायन, शरद्ऋतु, परिधावीनामसंवत्सर, कार्तिकृष्णपक्ष अमावास्यातिथि घटी ११।२०, विशाखानक्षत्र घटी ५०।४६, सौभाग्ययोग घटी ३३।०७, तुलाराशिमा चन्द्रमा विद्यमान भई रात्रि १०।५३ बजेपछि बृश्चिकराशिमा चन्द्रमा, सोमवार, सूर्योदयकालीन लग्न तुला, चन्द्र अस्त, बृहस्पति अस्त, शुक्र अस्त, शनिश्चर वक्री भएको बेला कार्तिकशुक्ल प्रतिपदातिथि प्राप्त सायन्हकालमा ज्योतिषशास्ब, दर्शनशास्त्र र धर्मशास्त्रानुसार तन्त्रोक्तविधि विधानले सूक्ष्म चन्द्रोदयको बेला म्हपूजा कर्म गरिने बेला नेपालसंवत् प्रबिष्ट भएकोे पाइन्छ।
शंखधर सख्वाःबाट जीवनको अन्तिम घडीमा पनि ऋणमोचन जस्तो मुलुकका सकलजन ऋणीहरुलाई अऋणी तुल्याई जनहीत, परोपकार धर्म र कल्याणार्थ समाजसेवा जस्तो पवित्र भावना उद्देश्य एवं उचित मांग गरिएकोले राजा अति खुसी भई प्राणदण्ड क्षमा गरेर शंखधर सख्वाःको इच्छानुसार उक्त स्वर्णद्रव्यबाट सकल प्रजाजनको सम्पूर्ण ऋणमोेचन गर्नुकासाथ राजकोष द्रब्य हिनामिलाको आरोपबाट मुक्त गरी भोलिपल्टको सूर्योदयकालीन तिथि कार्तिकशुक्ल, कछलाथ्वः पारुदेखि आश्विन कृष्णपक्ष औंसीतिथि लक्ष्मीपूजामा वर्षान्त हुने गरि नेपालसंवत् वर्ष प्रचलनको घोषणा सहित सख्वाःलाई राजकीय सन्मान गरेको पाइन्छ।
अर्कोतिर, राजज्योतिषी सिद्धिवन्त जोशीको योगदान पनि कम महत्वको छैन। एक ज्ञानी दैवज्ञ राजज्योतिषी सिद्धिवन्त जोशीको ज्ञान, शीप, औद्योगिक सत्कर्म, कर्तव्यको अथक प्रयास र तीक्ष्नबुद्धि महत्वपूर्ण देन चर्चा गर्न लायक रहेकहोले उहां नेवाःराज्यको मात्र होइन, नेपाल राष्ट्र् कै विभूति हुनुपर्ने ब्यक्तित्वमा पर्दछ। कारण, जसको अमूल्य ज्ञान शीप र मूलश्रोत एवं कृत्यव्दारा सुन प्राप्त भई सर्वलोककोे उद्धार भयो, उसको योगदान, देन र नाउं सम्म पनि कतै चर्चा छैन। ूकाम गर्ने कालु मकै खाने भालुू भने जस्तै वीचमा हात लाउने चाहिं राष्ट्र्यि विभूति घोषणा हुने, तर मूलकर्म गर्नेलाई बिर्सने ? यो अनुमान नै गर्न नसकिने घोर अन्याय हो। किनभने, राजज्योतिषीको कर्मठ उद्योग विना नयां नेपालसंवत् प्रादुर्भावको सम्भावना पक्कै पनि हुंदैन होला। उसबखत सबैलाई अऋणी तुल्याउन सक्ने सामथ्र्य कतै थिएन र अधिक धन सम्पत्ती भएका धनाद्यको श्रोत पनि उक्त स्वर्ण द्रब्य बाहेक अर्को ठोस प्रमाण पाइएको छैन। राजज्योतिषी दैवज्ञ सिद्धिवंत जोशी वारे खोजमूलक जानकारी प्रस्तुत गर्ने सिलसिलामा थप केही कुरा थाहा पाउने हेतु विज्ञ जोशीजनहरुबाट केही गहकिला सत्यतथ्य पाउंलान् कि भन्ने आशा एवं विश्वासले वि.सं.२०६१ साल पुषमा भक्तपुरको महाकालीपीठमा आयोजित जोशीसमाजका सदस्यहरुको भेलामा राजज्योतिषी दैवज्ञ सिद्धिवंत जोशी र शंखधर साख्वा वारे आपूmलाई थाहा लागेका कुराहरु जानकारी गराउनुस् भनेर विभिन्न चौधवटा जति प्रश्नहरुको एक पृष्ठ कागज वितरण गरेको थिएं। मसंग भएका जानकारीलाई सुनिश्चितता प्रदान गर्ने वा सुधार गर्ने र थप जानकारी लिने हेतु वितरित उक्त प्रश्नावलीमा रहेको एउटा प्रश्न यस्तो थियो उसबेला शंखधर सख्वाःलाई संजाय भएको थियो कि थिएन ? भन्ने प्रश्नलाई लिएर शंखधर वारे त्यस्ता वाहियात प्रश्न सोधियो भनेर प्रमूखअतिथिको आसनबाट एकजना वरिष्ठ संस्कृतिविद् भनाउंदाले एकतर्फी कटाक्ष भाषण नै ठोके। तर, त्यसरी प्रश्न राख्नुको उद्देश्य र सोधिएका अन्य बुंदाहरु लगायत सिद्धिवंत जोशी वारे एक शब्द पनि सकारात्मक कुरा गरेनन्् (सायद्, उहांलाई सिद्धिवंत जोशी वारे ऐतिहासिक जानकारी थाहा नभएर पनि होला) र उक्त भाषणबाट हच्किएर कसैको पनि प्रश्नावलीको उत्तर दिएनन्।
त्यसरीनै, राजा राघवदेवको देश र जनताप्रतिको जिम्मेवारीपूर्ण बोध र उत्तरदायित्व तथा कुशल राजनीतिका कारण एव एक सर्वसाधारण गुणी मनुष्य चूनव्यापारी शंखधर सख्वाःको बौद्धिक क्षमता ईच्छित सेवाभावपूर्ण परोपकारी कार्य जाहेर भएको यस्तो त्रिकोणात्मक रुपमा प्रदर्शित बौद्धिकतापूर्ण अभूतपूर्व राष्ट्र्यि स्वाभिमानले ओतप्रोत भएको घटनाबाट राजा र जनताले बुद्धत्व प्राप्त गरेको मानेर शान्तपूर्वक नेपालसंवत् अवतरण भएको क्षणले त्यत्तिबेला हिन्दु एवं बौद्ध जगतको समन्वयमा सत्ययुग नै विद्यमान रहेको अवस्था सिर्जना भईरहेको थियो भन्न सकिन्छ। नेपालमहात्म्य हिमवत्खण्ड अनुसार पनि पशुपतिनाथ उत्पत्ति हुंदा शिवजीले आफ्नो मृगलीलाको अन्त्यमा सत्ययुग स्थापना गरेको भन्ने रहेको र विश्व शान्तिकोलागि नेपालमा जन्मेका भगवान बुद्धको सन्देश विश्वको लागि सारगर्भित र सान्दर्भिक मानिएकोले पनि हिन्दु बौद्ध लगायत सबैलाई सूर्य चन्द्रको समन्वयमा समाव्हित गरेर सत्ययुगको प्रादुर्भाव गराउने संवत्को रुपमा नेपालसंवत् प्रादुर्भाव भएको मान्न सकिन्छ। सत्ययुग स्थापनालाई हिन्दुहरुले राजयोग र गोरखपन्थी योग पनि भन्दछन् भने बौद्धहरु वज्रयोग भन्दछन्। सो अवस्थालाई हिन्दुहरु कल्की अवतारको रुपमा व्याख्या गर्दछन् भने बौद्धहरु यस विकसित अवस्थालाई मैत्रेय बुद्ध भन्ने गर्दछन्। यही अवस्था जनाउन हाम्रो नेपालमा स्वयम्भूनाथ र पशुपतिनाथ स्थापना हुनुको साथै नेपालमहात्म्य र बौद्धवंशावली निर्माण भएका हुन्। अतः यो नञां नेपालसंवत् वर्ष सिर्फ उसवेलाका नेपालमण्डलका नेपालभाषाभाषी नेपाःमिहरुको मात्र मौलिक संवत् नभएर राष्ट्र्यिताको भावनाले भरिपूर्ण यो नेपालसंवत् पूर्व मेचीदेखि पश्चिम महांकालीसम्मका एवं उत्तर हिमालीक्षेत्रदेखि मध्येश, पहाड एवं दक्षिण तराईसम्ममा बसोवास गर्ने सम्पूर्ण नेपाली जनताको आफ्नो मौलिक संवत् हो भन्ने ठान्नु पर्दछ।
नेपालमा हाल प्रचलित विक्रमसंवत्ले संयुक्तराष्ट्र् संघमा मान्यता नपाउंदा नेपाल राष्ट्र्को नाम्मा पहिल्यैदेखि प्रचलनमा रहेको मौलिक नेपालसंवत्ले संयुक्त राष्ट्र्संघमा नेपाल देशको प्रतिनिधित्व गर्दै आएको हुंदा नेपाली जनताको गौरवमय साझा राष्ट्र्यि संवत् हुन् भने ती नै हामी सम्पूर्ण नेपाली जनजीवनको धर्म, सम्पदा, संस्कृति र सभ्यताको परिचायक पनि हो। अहिलेको विश्वमा देश अर्थात् राष्ट्र्को नामबाट प्रतिष्ठापित संवत् हाम्रै देश नेपालमामात्र छ, अन्य कतै पाइंदैन र यसले हाम्रो राष्ट्र्यि गौरव बोकेको हुनाले पनि यो नेपालसंवत् नै हामी सम्पूर्ण नेपालीको निधि, धर्म र सभ्यसंस्कृतिको सूचक हुुनुपर्दछ कारण, नेपालसंवत् विना नेपालको इतिहास पूर्ण हुनेछैन।
यसै क्रममा नेपालमण्डलमा प्रचलित नेपालसंवत् र म्हपूजालाई एकै दृष्टिले व्याख्या गर्नु हुंदैन। भविष्यपुराणमा समेत वर्णित आत्मपूजा वा म्हपूजा ११४३ वर्ष मात्र पुरानो भनेर मानियो भने नेपालमण्डल वा नेपालभाषाभाषी नेपाःमि नेवाःहरुको इतिहास पनि भर्खर ११४३ वर्ष मात्र भयो भन्ने तर्क आउन सक्छ, जुन सर्वथा गलत हो। कुनै दिन म्हपूजा गर्ने समयमा नेपालसंवत्को नववर्ष पनि परेको हुंदा एउटै जस्तो देखिएको मात्र हो तर, यी दुई भिन्न विषय हुन्। वर्ष प्रारम्भ सूर्योदयले छोएको प्रतिपदातिथिबाट हुन्छ भने कहिलेकाहिं म्हपूजा अघिल्लो वा पूर्वविध्दा चन्द्रोदय प्राप्त प्रतिपदा तिथ्यिोदयमा वर्ष प्रविष्ट हुने कालबाट हुने हुनाले म्हपूजा कहिले अघिल्लो दिन त कहिले भोलिपल्ट पनि हुने हुन्छ। तन्त्रोक्त विधिविधानयुक्त एवं अध्यात्मिक दर्शनले युक्त कर्म, सांस्कृतिक पर्व हो भने नेपालसंवत्को प्रचलन पूर्णतया राजनैतिक एवं आर्थिक परिवर्तनका संवाहक पनि हुन् किनकि, राजा मानदेव जस्ता अति प्रभावशाली राजाले चलाएको संवत् उनकै बंशका राजा बहाल रहेकै बेला परिवर्तन हुनु कुनै चानचुने कुरा थिएन। जनताको योगदानको चर्चा विना राजा राघवदेवले पशुपतिनाथमा संवत् चढाउनु र अन्य विस्तृत विवरण इतिहासमा अभिलेखन नहुनु पनि त्यसबेलाका राजनैतिक षड्यन्त्रका पराकाष्ठा हुनसक्छन्। त्यस्तै, पृथ्वीनारायण शाहले कान्तिपुर विजय गरे पश्चात् नेपालसंवत्लाई हटाई उत्तर भारतमा जस्तै शकसंवत्लाई निरन्तरता दिए भने चन्द्र शम्शेरको प्रधानमन्त्रीत्वकालमा शकसंवतलाई हटाएर सौर राशिपरक विक्रमसंवत् प्रचलनमा ल्याए।
अर्को कुरोे, केही व्यक्तिको स्वार्थका कारण यो नेपालसंवत्लाई धार्मिक र सांस्कृतिक क्षेत्रमा मात्र प्रयोगमा ल्याई सरकारी लगायत अन्य व्यवहारको लागि ईस्वी संवत् लागू हुनुपर्दछ भन्ने नञां भनाई र सोच सुनिनमा आएको पाइन्छ, जुन बिल्कुल उचित होइन। यदि त्यसो भएमा हाम्रा सम्पूर्ण धार्मिक, एैतिहासिक एवं सांस्कृतिक चाड पर्व, जात्रा लगायत अन्य सम्पूर्ण व्यवहारहरुमा समेत कठिनाइ उत्पन्न हुन्छ, जसबाट विक्रमसंवत् पनि शनैःशनैः भारतमा जस्तै विस्थापित गरेर विदेशी पाश्चात्य संस्कृतिलाई आधिकारिक रुपमा भित्र्याउने कुचेष्टा नहोला भन्न सकिन्न। यस्तैमा, नेपालसंवत् राष्ट्र्यि संवत् भन्दाभन्दै संस्कृतभाषालाई मृतभाषा भन्न चाहनेहरुले नेपालसंवत्को भरेंग चढेर विक्रमसंवत्लाई विदेशीसंवत् भन्दै ईश्वीसंवत्लाई प्रचलनको गन्तव्यमा पुर्याउने तामझामबाट स्वाभिमानी नेपाली जनतालाई थप हैरानीमा पार्नु कष्टकर हुनेछ। विक्रमसंवत्को प्रादुर्भाव पनि नेपालमै भएको ऐतिहासिक प्रमाण रहेकोले सो विदेशी संवत् होइन भनेर बुझ्नु पनि जरुरी छ। तर, ईश्वीसंवत् कहिल्यै फिरंगीहरुको हातमा नपरेको नेपालराष्ट्र्को संवत् नभएको कुरा यकीनकासाथ भन्न सकिन्छ।
अन्त्यमा, एउटा अहं बिषय नेपालसंवत् दैनिक व्यवहारमा प्रयोग गर्न सकिन्छ वा सकिन्न भन्ने हो, आधुनिक जगतको मापदण्डमा सिधै समाव्हित हुन गाह्रो देखिनाले तिथिमा आधारित यो नेपालसंवत् धेरै मानिसहरुको लागि यो एउटा चुनौतिपूर्ण हुनसक्छ भने कर्तव्यको क्षेत्राधिकार, जिम्मेवारी बोध भएको नेपाल पञ्चांग निर्णायक विकास समितिका पदाधिकारीहरु र पञ्चांगकारहरु तथा अन्य विज्ञको लागि यसमा कुनै व्दिविधा वा हिच्किचाहत नहुन पनि सक्छ। अतः राज्यमा ईच्छाशक्ति भएमा यस मुद्दालाई सर्वमान्य तरिकाले सल्टाउन विशेष अन्तरक्रिया, गोष्ठी र जिम्मेवार बहन गर्ने आयोगको आवश्यकता पर्न सक्छ। अस्तु ।
प्रस्तोता – दैवज्ञ कीर्तिमदन जोशी
मो. ९८४१७६९९०४, E-mail: [email protected]
मितिः २०८०।७।२२।४ मा