धर्मस्थलीका महिला तथा युवा लक्ष्यित क्षमता अभिवृद्धि तालिम

0

धर्मस्थलीका महिला तथा युवा लक्ष्यित क्षमता अभिवृद्धि तालिम


काठमाडौं । तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ । स्थानिय महिला तथा युवाहरुको क्षमता विकासबाट दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको धमाथू नेवाः ग्वहालि पुचःले दाबी गरेको छ । उद्घोषण, संस्थागत संरचना सम्बन्धिे ज्ञान र सिलसिला मिलाएर आकर्षक ढंगले प्रस्तुतीकरण शैली सिकाउन एकहप्ते तालिम सञ्चालन गरेको हो । सञ्चारकर्मी केके मानन्धरले तालिममा सहजिकरण गरिरहेका छन् ।

तालिमको उद्घाटन गर्ने क्रममा समाजसेवी श्रीकृष्ण मानन्धरले स्थानिय महिला तथा युवाहरुको सीप, क्षमता र दक्षता अभिवृद्धि गराउनुपर्नेमा जोड दिए । ‘लक्षित वर्ग पहिचान गरी सञ्चालन भइरहेको तालिमले ठोस उपलब्धि हुने विश्वास लिएको छु । संस्था सञ्चालनको विधि तथा सिलसिला मिलाएर बोल्ने शैली सिकेर युवाहरु स्थानिय भाषा, कला र संस्कृति संरक्षण तथा प्रवद्र्धनमा सांगठनिक रूपमा लाग्ने विश्वास लिएको छु ।’ मानन्धरको भनाइ थियो । मूर्त र अमूर्त सम्पदालाई परिस्कृत गरी पर्यटनसँग जोडेर स्थानियबासीको आयआर्जनको माध्यम बनाउनको लागि तालिमले टेवा दिने उनको भनाइ थियो । 

त्यस्तै, तालिमका संयोजक रविकुमार डंगोलले अन्तर्निहीत क्षमताको विकासले व्यक्तिको वास्तविक पहिचान स्थापित गराउने बताए । मौलिक हकअधिकारको विषय, प्रशासनिक व्यवहार र प्रस्तुति शैलीको लागि पनि सिलसिला मिलाएर बोल्ने क्षमता आवश्यक रहेको उनको भनाइ थियो ।

बालाजुबाट ४ किलोमिटरको दूरीमा रहेको ग्रामसेवा माध्यमिक विद्यालयको सभाहलमा मंसीर ५ देखि सञ्चालन भइरहेको तालिम कार्यक्रम मंसीर ११ गते सोमबार सम्म सञ्चालन हुनेछ । प्रत्येक दिन दुई घण्टाको तालिममा १५ जना प्रशिक्षार्थीको सहभागी रहेको जनाएको छ ।

धमाथू नेवाः ग्वहालि पुचः सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न गतिविधि सञ्चालन गर्न स्थापना गरिएको समूह हो । काठमाडौं महानगरपालिकाका विभिन्न टोल, कीर्तिपुर, भक्तपुरको मध्यपुर थिमि, ललितपुर महानगरपालिकामा पनि ग्वहालि पुचःका शाखाहरू छन् । समुदायभित्र कोहीकसैलाई समस्या पर्दा सामुहिक रूपमा सहयोग गर्ने, स्थानिय भाषा, लिपि, कला र संस्कृति संरक्षण तथा प्रवद्र्धन क्षेत्रमा समूहले काम गर्दै आएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top