मध्यपुर थिमि नगरपालिकाले मनायो शंखधर दिवस

0


भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले बुधबार विशेष कार्यक्रम गरी शंखधर दिवस मनाएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम पश्चात शंखधर चोक स्थिति प्रतिमा परिसरमा दीपावली पनि गरिएको थियो । नेपाल सम्वत्का प्रबर्दक शंखधर साख्वालाई नेपाल सरकारले राष्ट्रिय बिभुति घोषणा गरेको अवसर पारेर हरेक वर्षको कछलाथ्व दशमीका दिन शंखधर दिवस मनाउदै आइरहेको हो ।

कार्यक्रममा अर्थमन्त्री डा महतले ऋण लिएर बास्तविक रुपमा पीडित भएकाहरुलाई सरकारले सम्वोधन गर्ने बताउँदै ऋण लिएर काम गरेको तर विविध कारणले सफल हुन नसकेकाहरुको पहिचान गरी उनीहरुको लागि सरकारले केही गर्ने आश्वासन दिएका हुन् । 

शंखधर दिवस कार्यक्रमको उदघाटन गर्दै मन्त्री डा महतले ऋण लिने तर त्यसको जथाभावी खर्च गरी काम नगर्नेहरुलाई भने कुनै हालतमा बाँंकी नराख्ने बताए । कार्यक्रममा उनले भने, ऋण लिएर काम गर्ने वास्तविक पीडितलाई राज्यले हेर्छ, त्यसको लागि गृहकार्य पनि थालेका उनेल जानकारी दिएं । राष्ट बैंक र अरु नीतिमार्फत् कसरी हुन्छ हेरेर पीडितको माग सम्वोधन गर्ने उनको भनाई थियो । 

मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं मध्यपुर थिमि नगरपालिकाका पूर्व मेयर मदनकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस मध्यपुर थिमिका सभापति हरिदास प्रजापति, जिल्ला समन्वय समितिका सभापति ईश्वर कार्की, इमेज च्यानल मिडियाका अध्यक्ष आरके मानन्धरलगायतले राष्टिय विभूति शंखधर साख्वाका विविध पक्षका बारेमा आ–आफनो धारणा राखेका थिए ।

साथै नेपाल मन्दलको काठमाडौं र ललितपुरलगायत देशका विभिन्न स्थानहरु जहाँ श्.खधरको प्रतिमा स्थापना भएका छन् ती स्थानमासमेत शंखधर दिवस हर्षेल्लासका साथ मनाइएको जनाएको छ ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top