सेनेटरी प्याड बनाउने सम्बन्धी तालिम

0
सेनेटरी प्याड बनाउने सम्बन्धी तालिम


भक्तपुर । शिक्षा व्यावहारिक र जीवनोपयोगी हुनुपर्छ अनि सार्थक शिक्षाले मात्र विद्यार्थीहरुलाई सही दिशा प्रदान गर्न सक्छ भन्ने विचारलाई आत्मसात गर्दै प्रगतिशील शिक्षामा जोड दिइरहेको मध्यपुर थिमिमा रहेको विनायक शिक्षा निकेतन इङ्गिलस स्कुलले २२ गतेबाट सेनेटरी प्याड बनाउने सम्बन्धी तालिमको आयोजना गरेको छ । विश्व महिनावारी दिवसको अवसरमा मध्यपुर रोट्रयाक्ट क्लबको सहयोग तथा विनायक इन्टरयाक्ट क्लबको सहआयोजनामा आयोजित उक्त कार्यक्रममा कक्षा आठ र ९ मा अध्ययनरत छात्राहरूले महिनावारीका समयमा लगाइने पुनःप्रयोग गर्न मिल्ने सेनेटरी सेफ्टी प्याड कसरी बनाउने भन्ने विषयमा ज्ञान हासिल गर्न उक्त कार्याक्रमको आयोजना गरेको थियो । 

विद्यार्थीलाई चेतना जगाउने उद्देश्यले आयोजित उक्त तालिममा विद्यार्थीहरुले आफूलाई चाहिने सेनेटरी प्याडहरु निर्माण गर्न सिकेका थिए । मध्यपुर रोट्रयाक्ट क्लबका अध्यक्ष मनिष प्रजापति र प्रशिक्षक दिना राजवाहक तथा मध्यपुर रोट्रयाक्ट क्लवका सदस्यहरूको उपस्थिति रहेकोे  कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले समयको मागअनुसार सीपमूलक र व्यावहारिक तथा प्रगतिशील शिक्षा आजको आवश्यकता भएकोले विद्यालयले यस्ता प्रकारका ज्ञान ,सिप र क्षमता अभिवृद्धि गर्ने व्यावहारिक तथा प्रयोगात्मक शिक्षामा स्थापनाकालदेखि नै जोड दिदै आएको जानकारी दिए । शिक्षिका गीता प्रजापति र सरला प्रधानले संयोजन गरेको उक्त कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले स्वागत तथा कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top