मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका लायकूमा रहेको आदर्श माध्यमिक विद्यालयबाट कक्षा १२ अर्थात एसएलसी उतीर्ण बिद्यार्थीहरको आयोजना तथा बिद्यालयको व्यवस्थापनमा विदाई तथा नवआगन्तुक विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम मध्यपुर थिमिको थिमि बैंक्वेटमा सम्पन्न भएको छ । कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा मध्यपुर थिमि नगरपालिकाका नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठ विशेष अतिथि तथा प्राचार्य बुद्धिकुमार घाे श्रेष्ठकाे सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशसभाका सदस्य भावना श्रेष्ठ थिए ।
कार्यक्रममा बिद्यालयका प्राचार्य बुद्धिकुमार घो श्रेष्ठले आगन्तुक विद्यार्थीहरुका लागि मोटिभेशन तथा विदाई बिद्यार्थीहरुको उज्जव भविष्यको कामनासहित शुभकामना व्यक्त गरेको थियो । यस बिद्यालय २०२१ सालदेखि मध्यपुर थिमि क्षेत्र र बालकोट, दधिकोट, सिरुटार, दिव्यश्वरी, सरस्वतीखेल लगायत काठमाडौंको कोटेश्वर सिनामंगल र बानेश्वरसम्मका बिद्यार्थीहरुको लागि शैक्षिक गन्तव्यको रुपमा परिचित थियो ।