सहयोगी साकोसको साधारण सभा सम्पन्न

0



मध्यपुर थिमि । मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रहेको आफ्नै भवनबाट सदस्यहरु बिच वितीय कारोबार संचालन गर्दै आएको सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्था लिंको १८ औं साधारण सभा शंखधर पार्टी प्यालेसमा पुस १४ शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथिको रुपमा संस्थाका जेष्ठ नागरिक ८४ वर्षिय श्री पंचमाया श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि गरेको थियो ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष केशवचरण श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थाका अध्यक्ष रामकुष्ण श्रेष्ठले संस्थाका आ.व. २०७९÷८० को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मध्यपुर थिमिमा सम्भवत पहिलो सहकारी संस्थाको रुपमा २०५० सालमा डिभिजन सहकारी कार्यालय, भक्तपुरमा दर्ता भई संचालनमा रहेको संस्थाको हाल १६८० जना शेयर सदस्यबाट एक करोड ४२ लाख ७३ हजार ४०० पुगेको र सहकारीले १९ करोड ६५ लाख १९ हजार ४०८ निक्षेप संकलन गरी १३ करोड ९७ लाख २५ हजार ८८६ ऋण लगानी गरेको जानकारी दिए । साथै संस्थाले यस आ.व.मा १२ लाख ७८ हजार ११५ खुद बचत गर्न सफल रहेको प्रगति प्रतिवेदन मार्फत जानकारी गराएको छ । 

संस्थाको आर्थिक प्रतिबेदन कोषाध्यक्ष प्रदिप  श्रेष्ठले र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक ज्यातिष श्रेष्ठले प्रस्तुत गरेको कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका सहकारी शाखाका प्रतिनिधि, संस्थाका सल्लाहकार तथा घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दन कृष्ण श्रेष्ठ, बालकुमारी साकोसका अध्यक्ष तुईलाल श्रेष्ठ, संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष कृष्णचरण श्रेष्ठलगायतले  साधारण सभाको सफलताको शुभकामना सहित सहकारीको चर्चा गर्दै मन्तव्य व्यक्त गरेका थिए । साथै कार्यक्रममा सामुदायिक बिद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल बालप्रमी मा.वि. र गणेश मा.वि.का छात्रछात्रालाई सहयोगी शिक्षा सम्मानबाट सम्मान गरिएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव चन्द्रकृष्ण श्रेष्ठ (गोपाल) ले गरेको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top