एघारौं पोल्ट्री दिवस सप्ताहव्यापी रुपमा मनाइने

0

 


ललितपुर । कुखराको मासु र अण्डामा नेपाल आत्मनिर्भर बन्दै गइरहेको छ । यसै परिप्रेक्ष्यमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरले यही पुस १७ गते दखि २२ गतेसम्म सप्ताहव्यापी रुपमा राष्ट्रिय पाल्ट्री दिवस मनाउने कार्यक्रम रहेको अस्पतालका बरिष्ठ पशु विकास अधिकृत डा. राम प्रकाश प्रधानले लगनखेल स्थित अस्पतालको हलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिएका छन् ।

“कुखुराको मासु र अण्डाको परिकार स्वस्थ जीवनको आधार” भन्ने मुल नाराका साथ यस वर्ष उक्त दिवस मनाउन लागेको जानकारी दिदैं उनले यस सप्ताह कुखुराको मासु र अण्डाको महत्व बारे जानकारी दिन र आम नागरिकमा सचेतना बढाउन सामुदायिक विद्यालय, अस्पताल, बृद्धाश्रम र इँटाभट्टामा काम गर्ने श्रमिकहरु लगायत बालबालिकाहरुलाई अण्डा बितरण कार्यक्रम संचालन गरिने जानकारी दिए ।

सप्ताहव्यापी कार्यक्रमका बारेमा पत्रकारहरुलाई सूचना प्रवाह गर्न अस्पतालका अधिकृत कृष्ण बहादुर कार्कीलाई फोकल पर्सनको रुपमा चयन गरिएको पनि उक्त पत्रकार भेटघाटमा जानकारी गराएको थियो ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेल ललितपुरमा अधिकृतस्तर आठौं पशु विकास अधिकृत पदमा कार्यरत बासुदेव नाथले कुखुराको मासु र अण्डाको उपयोगबाट मानव स्वास्थ्यमा अहम भूमिका रहेको र यसको फाईदाका बारेमा जानकारी दिइएको थियो । साथै कार्यक्रम सप्ताहको अन्त्यमा विज्ञहरु बिच मासु र अण्डाको उपयोग बारे अन्तरक्रिया कार्यक्रम रहेको पनि जानकारी दिएको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top