काठमाडौं । गत पौष १६ गते सोमवार ऐतिहाँसिक कला, संस्कृति र सम्पदाको शहर रुपमा चिनिएको खोकनाको सिकाली मन्दिर परिसरमा “माया मिष्ट्रि” उपन्यासका लेखक मोहन के. श्रेष्ठको शब्द रहेको नयाँ बर्षको शुभारम्भसँगै निर्माण शुरु भएकोे नेपाली एकल गीत “खुसि मागेको थिए” को म्यूजिक भिडियोको निमार्ण कार्य सम्पन्न भएको छ ।
सो गीतमा संगीत÷ एरेन्ज अनिल तुलाधरले गरेको थियो । स्वर मेलोडी क्वीन दिपा महर्जनको रहेको म्युजिक भिडियोको रेकर्ड, मिक्सीङ र मास्टरिङ विजय मास्कीले गरेका थिए ।
गीतमा चर्चित मोडल आराध्या लक्ष्मी खड्गी, सन्देश श्रेष्ठका साथ सुरेन्द्र श्रेष्ठ, सरु भारती र निर्मल रंजीतको जीवन्त अभिनय रहेको छ । गांसेको माया प्रितीलाई कुनै माइकालालले तोड्न सक्दैन भन्ने सन्देश वोकेको गीतमा श्रृंगार सनम श्रेष्ठ, छायांकण ÷ सम्पादन र कलरिङ सोहन मानन्धरको रहेको थियो भने वरिष्ठ निर्देशक पवन जोशीले निर्देशन दिएको थियो । म्यूजिक भिडियो नेवा संगीत संकिपा तिव पुचःको व्यानरमा निर्माण भएको थियो ।
नयाँ गीतमा नयाँ तरिकाले शब्द र संगीतको भावनात्मक अभिव्यक्त प्रस्तुतीलगायत भिजुलाइजबाट आफू निकै प्रभावित भएको निर्माता तथा रचनाकार मोहन के. श्रेष्ठले बताए । यो म्युजिक भिडियो चांँडै एक भब्य समारोहका विच “खुसि मागेको थिएं....” प्रिमियर शो मार्फत सामाजिक संजाल युट्यूव च्यानलवाट दर्शक श्रोता माझ पुर्याउने श्रेष्ठले जानकारी दिए ।