अब लोकसेवा तयारीको लागि काठमाडौं जानु नपर्ने !

0



भक्तपुर । भक्तपुरबासीले लोकसेवा तयारी तयारी कक्षा लिन काठमाडौं जान नपर्ने भएको छ । अब भक्तपुरको मध्यपुर थिमि स्थित शंखधरचोकमै लोकसेवा तयारी कक्षा  संचालन हुने भएको छ । 

भक्तपुरमा इसान लोकसेवा तयारी अध्ययन इन्ष्टिच्युट प्रालिको बुधबार उदघाटन गरिएको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले तयारी कक्षाको उदघाटन गरेकी हुन् । सो अवसरमा उनले भक्तपुरबासीहरुमा सरकारी सेवा प्रवेशको आकर्षण घट्दो रहेको अनुभब सुनाइन् । यसैले जिल्लाको चाँंगुनारायण, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकाले यसको लागि प्रयास थालेको पाइएको उनले सुनाइन् । उनले लोकसेवा परीक्षा निष्पक्ष हुने भएको र ँं सक्षमले अवसर पाउने गरेको बताइन् । 

मध्यपुर थिमि नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले सरकारी सेवामा वडाबासीको पहुँंच वढाउन वडाले बजेट विनियोजन गर्ने योजना रहेकोे बताए । ‘सरकारी सेवामा प्रवेश वढाउन लोकसेवा तयारी कक्षा पढ्नेहरुका लागि वडाले आधा पैसा व्यहोर्ने कार्ययोजना छ ।” वडा अध्यक्ष श्रेष्ठले भने, ‘सरकारी सेवामा वडाबासीको पहुँंच वढाउन यस्तो योजना ल्याउन लागेका हौं ।’ 

कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले वडाले पहिलादेखि नै यस्तो तयारी कक्षाको लागि पहल गर्दै आएको र यसै वडामा लोकसेवा तयारी कक्षा संचालन हुन लागेकोमा वडाको तर्फबाट आवश्यक सहकार्य गर्न तयार रहेको बताउँदै खुशी व्यक्त गरे । 

पूर्व सचिव प्रताप पाठकले लोकसेवा तयारी कक्षा देशमै पहिलो पटक २०५३ सालबाट सुरु भएको स्मरण गर्दै सरकारी सेवा प्रवेशमा प्रोत्साहन दिनुपर्नेमा जोड दिए । कार्यक्रममा पूर्व सचिवहरु गोपीनाथ मैनाली, प्रदीप ढकाललगायतले सरकारी सेवामा योग्य व्यक्तिहरुको प्रवेशका लागि आफूहरुको प्रयास रहेको बताए ।

पूर्व उपसचिवहरु जीतबहादुर मडै, महेशकुमार पोखरेल र ओमप्रसाद सुवेदी तीनजनाको संयक्त लगानीमा तयारी कक्षा सुरु गरिएको हो । यहाँं न्युन शुल्कमा भक्तपुरबासीका लागि लोेकसेवा तयारी कक्षा सञ्चालन हुने जनाइएको छ । 

भक्तपुरमा हालसम्म सूर्यविनायकमा एकवटा र मध्यपुर थिमिमै एउटा लोकसेवा तयारी कक्षा सञ्चालन भएको बताइएको छ । तर ती दुवै बन्द भएको जनाइएको छ ।





Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top