काठमाडौं । माया मिष्ट्री उपन्यासका लेखक मोहन के. श्रेष्ठको सिर्जनामा तयार भएको नेपाली भाषाको गीत “खुशी मागेको थिएँँ.....”को म्युजिक भिडियो युट्युब मार्फत पिमियर भएको छ ।
उक्त गीत एक कार्यक्रम मार्फत साहित्यकार नविनप्रकाश श्रेष्ठ, बरिष्ठ सिनेपत्रकार विजयरत्न असंबरे र म्युजिक थिडियोका निर्देशक पवन जोशीले सयुक्त रुपमा प्रिमियर गरेका थिए ।
कार्यक्रममा गीतको समिक्षा गर्दै सिनेपत्रकार असंबरेले नेपाली भाषाका गीतको बजार खस्कदै गइरहेको अवस्थामा पनि हिम्मतका साथ गीतको म्युजिक भिडियो लन्च हुनु गौरबको विषय भएको बताउँदै हाल नेपाल भाषाको बजार सानो भएपनि गीतको ट्रेण्ड बिस्तारै बढ्दै गइरहेकोमा नेपालभाषाको जगेर्नाको लागि मातृभाषाको गीतको पनि म्युजिक भिडियो निर्माणमा लाग्न निर्माण टिमलाई सुझाव दिए । कार्यक्रममा प्रमुख अतिथि तथा साहित्यकार नविन प्रकाश श्रेष्ठले साहित्यको क्षेत्रमा माया मिष्ट्री उपन्यास मार्फत मध्यपुर थिमिबाट उदयीमान साहित्यकारको रुपमा पहिचान बनाउन सफल रहेका मदन के. श्रेष्ठ गीतकारको रुपमा पनि पहिचान स्थापित गराउन सफल रहेकोले सफलताको कामनासहित शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा म्युजिक भिडियो मार्फत जीवन्त अभिनय पस्कन सफल कलाकारहरु चर्चित मोडल आराध्या लक्ष्मी खड्गी, सन्देश श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, सरु भारती र निर्मल रंजीतलाई सम्मानकासाथ मायाको चिनो प्रदान गरेको थियो । गीतमा श्रृंगार सनम श्रेष्ठ, छायांकण ÷ सम्पादन र कलरिङ सोहन मानन्धरलाई पनि मायाको चिनोकासाथ सम्मान गरिएको थियो । वरिष्ठ निर्देशक पवन जोशी संगीत अरेञ्जर अनिल तुलाधरलाई पनि मायाको चिनोका साथ सम्मान गरिएको कार्यक्रमको संचालन जयलक्ष्मी सिद्धी बज्राचार्यले गरेकी थिइन् । म्यूजिक भिडियो नेवा संगीत संकिपा तिव पुचःको व्यानरमा निर्माण भएको हो । म्युजिक भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानल मार्फत प्रिमियर भएको हो ।
नयाँ गीतमा नयाँ तरिकाले शब्द र संगीतको भावनात्मक अभिव्यक्त प्रस्तुतीलगायत भिजुलाइजबाट आफू निकै प्रभावित भएको र साथी भाई तथा शुभचिन्तकहरुको प्रोत्साहनबाट आगामी दिनमा पनि साहित्यको क्षेत्रमा लाग्न प्रेरित गरेकोबाट आफू गौरवान्वित भएको अनुभव निर्माता तथा रचनाकार मोहन के. श्रेष्ठले बताए । त्यस्तै निर्देशक जोशीले रचनाको शब्द, संगीत र भावलाई मूर्त रुपमा दिदै गीतलाई जीवन्त दिन आफूले कोशिस गरेकोमा कतिको सफल हुन सकियो यसबारेमा श्रोताहरुको सुझाबको आशा राख्दै यो म्यजिक भिडियो निर्देशन आफ्नो १०२ औं श्रृङ्खला भएको पनि जानकारी दिए ।
कार्यक्रममा सचारकर्मी, कलाकारहरु र शुभचिन्तकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।