भक्तपुर । मध्यपुर थिमिको शंखधरचोक स्थित शंखधरको प्रतिमास्थल परिसरमा कार्यालय स्थापना गरी आफ्ना सदस्यहरु त्रिच बितीय कारोबार संचालन गर्दै आएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं साधारण सभा २१ ग्ते शनीबार शंखधर पार्टी प्यालेसमा एक भव्य कार्यक्रम बिच सम्पन्न भएको छ ।
कार्यक्रमको उद््घाटन मध्यपुर थिमि नगरपालिका ४ नं. वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि शुभारम्भ गरेको सभाको सभापतित्व संस्थाका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले गरेको थियो । सभामा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले मध्यपुर थिमिमा आर्थिक तथा सामाजिक हितका लागि सहकारी भन्ने मुल नारालाई आत्मसा तगर्दै सबैको समृद्धि तथा सफलतामा आर्थिक क्षेत्र मार्फत सहयोग र सामाजिक क्षेत्रको उत्तरदायित्वलाई पहिचान गर्दै संस्थाले सफलताको शिखर चुम्दै मध्यपुर थिमि क्षेत्र भित्र उदयमान उत्कृष्ट सहकारीको रुपमा स्थापित गर्न सफल रहेको बताएका छन । साथै संस्थामा हाल १२७० जना शेयर सदस्यको शेयर पुँजी रु. २,०५,७२,००० रहेको र रु. १३,९२,५२,९६३ निक्षेप संकलन गरि कर्जा लगानी रु १४,०७,९६,७५४ गरेको जानकारी दिए । साथै संस्थाले विभिन्न सामाजिक तथा सांस्कृतिक क्षेत्रलगायत सदस्य केन्द्रित कार्यमा संस्थाले सहयोग गरेको पनि कार्यक्रममा जानकारी दिएका थिए ।
कार्यक्रममा कोषध्यक्ष सुदिप श्रेष्ठले आर्थिक प्रतिवेदन तथा रविना श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष सुर्जराम श्रेष्ठले राखेको थियो भने कार्यक्रम संचालन संस्थाका सचिन सुनिल श्रेष्ठले गरेको थियो ।
साथै संस्थाको बन्दसत्रबाट आगामी कार्यकालका लागि पुन चन्द्रकृष्ण श्रेष्ठकै अध्यक्षतामा उपाध्यक्ष सुदिप श्रेष्ठ, सचिव जगदिश श्रेष्ठ, कोषाध्यक्ष दिनेश श्रेष्ठ र सदस्यहरुमा दिपेश श्रेष्ठ, केशव श्रेष्ठ र प्रजेन श्रेष्ठ रहेको सात सदस्यीय कार्यसमिति निविरोध निर्वाचित भएको निर्वाचन अधिकृतको जिम्मेवार पाएका संस्थाका व्यवस्थापक जीवन श्रेष्ठले जानकारी दिएका छन् । त्यस्तै सूर्जराम ध्वों श्रेष्ठको संयोजकत्वमा पुष्कर श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठ सदस्य रहेको लेखा सुपरिवेक्षण समिति पनि गठन भएको व्यवस्थापक श्रेष्ठले जानकारी दिएका छन् ।





%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
