उदघोषण तथा वक्तृत्वकला प्रशिक्षण कार्यक्रम सम्पन्न ।

0


विश्वराज अर्याल 

चितवन । भरतपुर महानगरमालिका वडा नं १८ का युवाहरुको स्थायीत्व तथा ब्यक्तित्व विकासको लागि युवा क्लव भरतपुर वडा नं १८ ले उदघोषण तालिमको आयोजना गरेको छ । सो कार्यक्रम माघ १० गते देखि २० गते सम्म संचालन हुने जनाएको छ । क्लबका अध्यक्ष यम कुमालको अध्यक्षतामा औपचारिक कार्यक्रम भएको थियो ।

क्लवको सचिव प्रकाश वि.क ले कार्यक्रमको सहजीकरण गरेको थियो भने क्लवको सदस्यले स्वागत मन्तब्य राखेको थियो । मन्तव्यको प्रमुख अतिथि डिलु गजमेरले वोल्नेहरुको मुठ्ठीमा संसार रहेको र निरन्तर अभ्यासको माध्यमबाट उदघोषण तालिममा सफल हुने विचार व्यक्त गरे ।

त्यस्तै क्लबका अध्यक्ष कंडेल, जसले सोच परिवर्तन सस्था खोलेर युवाहरुलाइ प्रशिक्षण दिदै आएका छन् । उनका योजनाहरुले सकारात्मक उर्जा थप्नेमा विश्वस्त रहेको बताए । कार्यक्रममा वडाको सचिव पूर्ण कुमारी गुरुङ, आइ सि .टी साक्षरता अभियानका विश्व राज अर्याल, सोच परिर्वतन नेपालका अध्यक्ष तथा प्रशिक्षक शिवराज कंडेल, राष्टिय स्वतन्त्र पार्टीको प्रतिनिधि मीना लम्सालले मन्तब्य राखेका थिए भने प्रशिक्षक शिव राज कंडेलले ५ दिनको तालिममा धरै कुराहरु सिकिने बताए । 

कार्यक्रमका सभापतिले औपचारिक कार्यक्रमको समापन गर्दै सहयोग गर्नुहुने सवैलाइ धन्यवाद दिदै कार्यक्रम समापन गरेको थियो ।

प्रशिक्षणमा टोल विकास समितका प्रतिनिधिहरु तथा जनप्रिय पब्लिक स्कुलका ४ जना विद्यार्थीहरु पनि सहभागी भएको जानकारी दिइयो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top